back
NMB ad

नबिलले १ अर्बको इक्वीटी फण्ड ल्याउँदै

Kumari bank ad

नेपालको पुँजी बजारमा सामूहिक लगानी कोषअन्तर्गत योजना संचालन गर्ने क्रममा नबिल बैंकले दोश्रो म्युचुअल फण्डका रुपमा ‘नबिल इक्विटी फण्ड’ बजारमा ल्याएको छ।

भदौ २ गतेदेखि बिक्री खुला हुने नबिल इक्विटी फण्ड मागभन्दा बढीको आवेदन परेमा असोज ६ गते बन्द हुने योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङले जनाएको छ।

इच्छुक लगानीकर्ताहरुले यस योजनामा न्यूनतम १ हजार अर्थात १ सय इकाईदेखि अधिकतम १० करोड अर्थात १ करोड इकाईसम्म लगानी गर्न सक्ने छन्। म्युचुअल फण्डको प्रतिइकाई मूल्य १० रुपैयाँ रहने गर्दछ।

नबिल बैंकका  तोकिएका शाखा कार्यालयहरु वा नबिल इन्भेष्टमेन्ट नक्सालमा सम्पर्क राखी फारम लिन र आवेदन बुझाउन सक्ने योजना व्यवस्थापकले बताएको छ।

साथै नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेका छन्।

यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्बको रहने कम्पनीले जनाएको छ। अवधि ७ बर्षको रहने छ। इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्यूनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएकोे मुनाफा इकाईधनीहरुलाई वितरण हुनेछ।

यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गरी कारोबारको व्यवस्था मिलाईने कम्पनीले जनाएको छ।

यसअघि पहिलो म्युचुअल फण्डका रुपमा ‘नबिल ब्यालेन्स फण्ड १’ जारी गरेकोमा यो उसको दोस्रो योजना हो।

यसैबीच ‘नबिल म्युचुअल फण्ड” तेस्रो योजना नेपाल धितोपत्र बोर्डमा दर्ता भएको जनाईएको छ।

प्रकाशित मितिः २०७३ भदौ २५

वि.सं.२०७३ भदौ २५ शनिवार १६:२९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...