back
NMB ad

प्रधानमन्त्रीकोे भारत भ्रमणः प्राथमिकतामा जलविद्युत र बाबा रामदेवको जडिबुटी उद्योग !

Kumari bank ad

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो ३० गते भारतको औपचारिक भ्रमणका लागि जाने भएपछि उनको प्राथमिकता परेका भ्रमण गतिविधिहरु सार्वजनिक भएका छन्।

प्रधानमन्त्री प्रचण्ड ३० गते दिल्ली उत्रिए लगत्तै नेपाली दुतावासको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ उनले दुतावासले निम्त्याएका आगन्तुकसँग अन्तरक्रिया गर्नेछन्। त्यस्तै विदेशी पाहुनाहरुसँग पनि छलफल गर्नेछन्।

प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित भारतीय राष्ट्रपति प्रणव मुखर्जी लगायतसँग ३१ गते छलफल गर्नेछन्। सबै औपचारिक भेटघाट ३१ गते हुनेछ। प्रचण्ड १ गते भारतको हिमाञ्चल प्रदेश जाँदैछन्।

उनले त्यहाँ हाइड्रो प्रोजेक्टको अवलोकन गर्नेछन्। २ गते साँझ स्वेदश फर्कनु अघि प्रचण्डले पतञ्जली योगपिठको भ्रमण गर्नेछन्। योगपिठको जडिबुटी फ्याक्ट्री अवलोकन गर्ने कार्यक्रम प्रधानमन्त्रीको छ। त्यस्तै उनले केही भेटघाट र अन्तर्क्रिया पनि गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्ड संविधान दिवसको ठिक अघिल्लो दिन असोज २ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

२६ भदौ २०७३, ३.००

वि.सं.२०७३ भदौ २६ आइतवार १५:२८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...