back
NMB ad

उदियमान कलाकर सन्दीपलाई बोनम्यारो क्यान्सर, एक विघा जमिन सकियो उपचार खर्च पुगेन

Kumari bank ad

काठमाडौ भदौ २७ । उदियमान कलाकर हुन् मोरङ जिल्ला बयरबयन–३ हरकपुरका २७ वर्षिय सन्दिप सेन्चुरी । हाल कलाकारीतामा रमाउदै अस्थाइ बसोबास काठमाडौको कपनमा बस्दछन् । २०४५ सालको फागुन २९ गते पिता नग्रेन्द्र र माता तारा सेन्चुरीको कोखबाट जन्मिएका उनलाई बोनम्यारो क्यान्सर भएको छ । यो रोगको कारणले उनको बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने अबस्था आएको छ । आफ्नो जीन्दगी र करियरलाई अघि बढाउने साथै सुखमय जीवन यापनको सपनालाई त्यतीबेला कता कता रोकीएझै लाग्छ, सन्दीपलाई । केही समय अघिदेखि कुनै सुन पसलमा कालीगड काम गर्दै नेपाली म्युजिक भिडियो खेल्दै आफ्नो जीवनको सुरुवात गरेका उनलाई जिन्दगीमा ठुलो बज्रपात पर्यो ।
आधा दशक अगाडीबाट सुरु भएको उनको अभिनय यात्रालाई पून अगाडी बढाउन उनी तपाई हामी सबैको साथ खोजिरहेका छन् ।
दिल्ली स्थित बि एल के अस्पतालले गत बैशाखमा उनलाई बोनम्यारोको क्यान्सर भएको पत्ता लगाएको थियो ।
डाक्टरको सल्लाह अनुसार बोनम्यारो प्रत्यारोपण तत्काल गर्नुपर्ने जानकारी दिएका छन् । तर त्यसको लागि लाग्ने करीब ३० लाख भन्दा धेरै रकम जुटाउने सामथ्र्य उनीसंग छैन् ।
सन्दीपले गायकहरु स्वरुपराज आचार्य, दिपक लिम्बु, प्रमोद खरेल, शिव परियार, दिपेन्द्र रसायली, दिनेश मल्लिकको स्वर रहेको गीतमा अभिनय गरेका छन् ।
उनले अभिनय गरेको म्युजिक भिडियोहरु “मैले के गल्ति गरे प्रिये” दिपक लिम्बु, “कमलो मुटु छेडेर गयौ” स्वरुपराज आचार्यको स्वर रहेको भिडीयो युटुब मा हेर्न सकिन्छ ।
सन्दिपले भारतको दिल्लीमा उपचारका क्रममा एक विघा जमिन बेचर करिब १५ लाख खर्च गरि उपचारको लागि भारत गएका थिए ।
उनको उपचारको लागि सहयोगार्थ कार्यक्रमहरु भइरहेका छन । सोही क्रममा अहिलेसम्म करिब ५ लाख भन्दा धेरै रकम संकलन भएको छ । तर त्यतीले मात्र उनको उपचारमा संम्भव छैन् ।
करिब ४ महिना देखि विरामी सन्दिप अहिले बोनम्यारो प्रत्यारोपणको समय कुर्दै बसेका छन । उनले भने ‘बाच्न पाए भने कलाकारीतामा नै लागेर मुलुकको सेव गर्ने थिए’ । उनलाई सहयोग गर्न इच्छुकले ग्लोबल आई एम ई बैंक सुकेधाराको खाता नम्बर९१०७०१००००९३२ मा रकम जम्मा गर्न सक्नु हुने छ ।
साथै उनको मोवाइल नम्बर ९८०२६५६०२१ मा सम्पर्क गरी अन्य कुराको जानकारी लिन सक्नु हुनेछ ।

वि.सं.२०७३ भदौ २८ मंगलवार ०८:२३ मा प्रकाशित

You can share this post!

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...