काठमाण्डौं । बजारमा नगद डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको छ। पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ। सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको हो । डलर एक साताभित्र नेपाल आइपुग्ने भएको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बजारमा नगद डलर अभाव भएपछि पहिलो पटक डलर कार्गो गरेर ल्याउन लागिएको जानकारी दिए। आजको कारोबारमा छापिएको छ।
प्रकाशितः २०७३ भदौ ३०
वि.सं.२०७३ भदौ ३० बिहीवार १०:२२ मा प्रकाशित