काठमाडौं । सितापाईला स्थित शैलभा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले पहिलो सेवा केन्द्र न्युरोडमा स्थापना गरेको छ । संस्थाले इन्द्र जात्राको विशेष अवसर पारी सेवा सुरु गरेको हो ।
न्युरोड क्षेत्रका सदस्यलाई सेवा पर्याउने उद्देश्यले से केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । सितापाईला क्षेत्रका सदस्यहरु न्यूरोड क्षेत्रमा सामन किनमेल गर्न आउँदा पनि सेवा केन्द्र मार्फत सेवा लिन सकिने अध्यक्ष श्रेष्ठले बताए । सेवा केन्द्र शुभारम्भको अवसरमा नयाँ सदस्यहरुलाई स्वागत समेत गरिएको थियो ।
सेवा केन्द्र स्थापनाले समुदायमा सहकारीप्रति विश्वास र कारोवार थप वृद्धि हुने जिल्ला सहकारी संघ काठमाडौंका सञ्चालक तथा उपासमा महिला बचत तथा ऋण सहकारीका अध्यक्ष अमरावती महर्जनले बताईन । सदस्यहरुलाई सरल कर्जा लगानी, बचत संकलन र उद्यम तथा व्यवसाय प्रवद्र्धनमा प्रभावकारी ढंगले काम गर्न महर्जनले सुझाव दिईन ।
संस्थाले करिब ५ हजार सदस्यबीच ३५ करोडको कारोबार गरीरहेको छ । सेवा केन्द्र स्थापना संगै ५० करोड कारोबार गर्ने लक्ष्य संस्थाले लिएको छ । सदस्यहरुलाई वित्तिय सेवा अलावा समुदायको आर्थिक विकास तथा सामाजिक न्यायको सन्दर्भमा प्रभावकारी ढंगले काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । सामाजिक सेवा तथा रचनात्मक क्रियाकलापको क्षेत्रमासमेत संस्था क्रियाशिल रहेको छ ।
संस्थाले केही समय पछि दोस्रो सेवा केन्द्र कालिमाटीमा स्थापना गर्ने तयारी गरेको छ । सेवाकेन्द्रको लागि सहकारी विभागबाट स्विकृती लिईसकेको छ ।
३० भदौ २०७३, ४।००
वि.सं.२०७३ भदौ ३० बिहीवार १६:३८ मा प्रकाशित