back
NMB ad

एमाले महासचिव पोखरेलले भने नयाँ नयाँ खिलराज जन्मिने खतरा !

Kumari bank ad

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकमा विकसित पछिल्लो घटनाक्रमबाट नयाँ नयाँ खिलराज जन्मिने खतरा रहेको बताए । नेकपा एमाले विशेष पर्यटन इलाकाको चौंथो अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकमा संबैधानिक र राजनीतिक संकट सिर्जना गर्ने, संविधान कार्यान्वयन हुन नदिने र २०७४ माघ ७ गतेसम्म चुनाव हुन नदिने खेल बढेको बताए । पोखरेलले भने केपी ओली नेतृत्वको सरकार टिकिरहेको भए वा एमाले संरक्षित (प्रचण्ड) सरकार भए पनि यस्तो अवस्था आउन नसक्ने अवस्था थियो ।
पोखरेलले भने संसद र जन निर्वाचित निकायहरु नभए पछि संवैधानिक र राजनीतिक अस्थिरता सिर्जना पछि भयावह अवस्था हुन्छ । संविधान कार्यान्वयन हुने स्थिति रहँदैन । त्यस्तो बेला डरलाग्दो अवस्थाको सहयोगी राजनीतिक पार्टीहरुकै केही अगुवाहरु समेत भएर आउन सक्ने छन् । यस्तो अवस्था आउनु अगावै नेकपा एमालेले आगामी केन्द्रिय कमिटीको बैठपछि जनताको साथ लिएर संविधानको रक्षा र कार्यान्वयनको लागि खबरदारी गर्ने तयारी गरेको बताए ।
महासचिव पोखरेलले भने हाम्रो मोर्चा बदलियो तर मिसन बदलिएको छैन । र छिमेकीहरुसंग कोल्टे परेको सम्बन्ध हैन सन्तुलनको सम्बन्ध कायम गर्ने, हाम्रा एजेण्डा तिनै हुन् । कार्यानवयन गर्ने हिसावले जान्छौं ।

ishor pokharel
पर्यटन व्यवसायीहरुलाई सम्बोधन गर्दै पोखरेलले भने राजीनितक कोर्ष परिवर्तन भएको छ । हिजोको अधिकार प्राप्तिको लडाईको कोर्स बदलिएर गयो । अव आर्थिक समृद्धिमा हाम्रो राजनीति केन्द्रित हुनु प¥यो, उत्पादनमा, राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनु प¥यो । पार्टीले मुलुकको अर्थतन्त्रको आधारको रुपमा पर्यटनलाई लिएको बताउँदै पोखरेलले हाम्रो मिसन यही हो । यो मिसनममा किन्चित तल वितल हुन दिँदैनौं । अधिवेशनमा एमाले केन्द्रिय सदस्यहरु सूर्य थापा, डा.राजन भट्टराई, पेसागत बुद्धिजिवी विशेष जिल्ला कमिटीका अध्यक्ष प्रेम पराजुली, उपाध्यक्ष भोला पोखरेल, सचिव समिर नेपाल पर्यटन प्रबद्र्धन विभागका सचिव चन्द्रप्रसाद रिजाल, पर्यटन इलाकाका इञ्चार्ज घनेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । इलाकाका अध्यष राजेन्द्रप्रसाद सापकोटाको अध्यक्षतामा भएको अधिवेशनको बन्द सत्र सञ्चालन भईरहेको छ ।
३० भदौ २०७३

वि.सं.२०७३ भदौ ३० बिहीवार १७:०८ मा प्रकाशित

You can share this post!

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२४

काठमाडौं । एनएमबि बैंकले बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित...

मनकामना केबलकार शुक्रबार बन्द हुने   

मनकामना केबलकार शुक्रबार बन्द हुने   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:१६

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक...

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...