back
NMB ad

जागिरको खोजिमा हुनुहुन्छ ? एनएमबी बैंकमा आवेदन दिने कि !

Kumari bank ad

काठमाण्डौं । एनएमबी बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट प्रशिक्षार्थी, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इनचार्ज र ब्रान्च मेनेजर माग गरेको हो ।

मेनेजमेन्ट प्रशिक्षार्थीले बैंकका सबै क्षेत्रको औपचारिक प्रशिक्षण पाउनेछन् । प्रशिक्षण अवधि सकिएपछि उनीहरुको काम हेरेर जिम्मेवारी दिइने बताइएको छ । यसका लागि कुनै पनि विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर गरेको र २८ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।

रिलेसनसिप मेनेजरका लागि कम्तीमा कुनै पनि विषयमा स्नातकोत्तर गरेको र तीन वर्ष रिलेसनसिप मेनेजमेन्ट सम्बन्धि काम गरेको हुनुपर्नेछ । स्नातकोत्तर गरेका र फाइनान्स, मेनेजमेन्ट अथवा लेखा विषयमा अध्धयन गरेकालाई प्राथमिकता दिइनेछ ।

एसिस्टेन्ट रिलेसनसिप मेनेजरका लागि पनि विजनेस, फाइनान्स, मेनेजमेन्ट या लेखा विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । कुनै पनि विषयमा स्नातक या स्नातकोत्तर गरेकाले पनि निवेदन दिन सक्नेछन् । साथै, वाणिज्य बैंकमा दुई वर्ष (कम्तीमा एक वर्ष क्रेडिट अथवा रिलेसनसिप मेनेजमेन्टमा रहेर) काम गरेको हुनुपर्नेछ ।

अपरेसन इन्चार्जको हकमा विजनेस, फाइनान्स, मेनेजमेन्ट या लेखामा स्नातकोत्तर गरेको वाणिज्य बैंकमा दुई वर्ष (कम्तीमा एक वर्ष अपरेसन विभागमा रहेर) काम गरेको हुनुपर्नेछ । कुनै पनि विषयमा स्नातक या स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउनेछन् ।

ब्रान्च मेनेजरका लागि फाइनान्स, मेनेजमेन्ट या लेखा विषयमा स्नातकोत्तर गरी कम्तीमा तीन वर्ष बैंकिङ क्षेत्रमा ब्रान्च मेनेजमेन्टको जिम्मेवारी सम्हालेको हुनुपर्नेछ । कुनै पनि विषयमा स्नातक या स्नातकोत्तर गरेकाले पनि दरखास्त दिन सक्नेछन् ।

इच्छुक तथा बैंकले तोकेबमोजिम योग्यता पुगेका उम्मेदवारले असोज ९ गतेभित्र बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ ।

प्रकाशितः २०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार १०:४३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...