back
NMB ad

३ दिनमा पौने ४ अर्बको सेयर कारोबार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण

Kumari bank ad

काठमाण्डौं । यो साता नेपाल स्टक एक्सचेन्जमा तीन दिन मात्रै सेयर कारोबार भयो । साताको मंगलबार र विहीबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । गत साताभर नै ओरालो गतिमा रहेको सेयर बजारमा यो साता पनि खासै सुधार आउन सकेन ।

आइतबार नै ६.२४ अंकले घटेर लगानीकर्ताले निराशा भरिदिएको बजारले सोमबार १.८८ अंकको वृद्धि हासिल गर्यो ।  बुधबार बजार ३.५० अंकले घटेर १८१५.१९ अंकमा कायम भयो । गत साताको अन्तिम दिन नेप्से १८२३.०५ अंकमा थियो । यस आधारबाट हेर्दा, यो साता सेयर बजार ७.८६ अंकले घटेको देखिन्छ ।

साताको आइतबार एक अर्ब १७ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको बजारमा सोमबार एक अर्ब १९ करोड रुपैयाँको कारोबार भयो भने बुधबार एक अर्ब ३७ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भयो । समग्रमा साताभरमा तीन अर्ब ७४ करोड ८८ लाख १३ हजार नौ सय ६५ रुपैयाँ पुँजी परिचालन भयो ।

यो साता लक्ष्मी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो साता लगानीकर्ताको आकर्षण बैंकिङ समूहमा नै रह्यो । सनराइज बैंक, एभरेष्ट बैंक, एनबी बैंक लगायतको राम्रो कारोबार भएको छ । बीमा समूहमा पनि लगानीकर्ताको राम्रो आकर्षण रहेको देखिन्छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, हिमालयन जेनेरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स लगायतको धेरै कारोबार भएको छ । मुक्तिनाथ विकास बैंकको पनि राम्रो कारोबार भएको छ ।

प्रकाशितः २०७३ असोज १

वि.सं.२०७३ असोज १ शनिवार ११:१७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...