back
NMB ad

खुल्यो एक अर्बको नबिल इक्विटी फण्ड, तपाई पनि लगानि गर्ने हैन त ?

Kumari bank ad

काठमाण्डौं ।  नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड। लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा आईतबारदेखि  बिक्री थालेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाईमा आबेदन खुलेको हो ।

प्रति ईकाई १० रुपैयाँ मूल्यका १० करोड ईकाई मध्ये १५ प्रतिशत ईकाई कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणले किन्न पाउने छन् । सर्वसाधारण लगानीकर्ताले एक करोड ईकाई अर्थात १० करोड रुपैयाँसम्म लगानी गर्नसक्ने छन् । बढी आबेदन परेको खण्डमा असोज ६ गते नै यसको बिक्री बन्द हुने छ भने ढिलोमा असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

सर्बसाधारणले नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंकिड. लिमिटेडको कार्यालय नारायणचौरबाट आबेदन पत्र प्राप्त गरी बुझाउनसक्ने छन् ।

आबेदकले ५० हजार रुपैयाँसम्म नगदै र त्यो भन्दा बढी चेकबाट बुझाउनु पर्ने, डिम्याट खाता र बैंक खाता अनिबार्य रुपमा उल्लेख गर्नुपर्ने भएको छ । ईकाई नपरेको पैसा फिर्ता बैंक खातामा सिधै पठाईने उल्लेख भएकाले यस पटक लगानीकर्ताले आबेदन गर्दा लाममा बस्नु परे पनि पैसा फिर्ता पाउन र शेयर प्रमाण पत्र लिन झंझटको सामना गर्नु नपर्ने भएको छ ।

नबिलको यो दोस्रो योजना हो । यसअघि नबिल ब्यालेन्स फण्ड १ जारी गरी अधिकांश रकम शेयर बजारमा परिचालन गरिरहेको छ । यस योजनाको पनि अधिकांश रकम शेयर बजारमै परिचालन हुने स्पष्ट पारिएको छ ।

प्रकाशितः २०७३ असोज २

वि.सं.२०७३ असोज २ आइतवार ११:१७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...