back
NMB ad

१०८ चौतारी बनाई वरपीपल रोप्ने चन्द्रबहादुर कार्कीको सपना साकार !

Kumari bank ad

म्याग्दी। पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा १०८ वटा चौतारी बनाई ती चौतारीमा वरपीपलका बिरुवा रोपेर जिल्लामा  उदाहरणीय बनेका छन्  चन्द्रबहादुर कार्की ।

बेनी नगरपालिका–४ खबराका चन्द्रबहादुरले वनजङ्गलको विनासका कारण बिग्रंदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा गरी १०८ वटा चौतारी बनाई वरपीपलका बिरुवा रोपेका हुन ।

दुई वर्ष अघिदेखि सुरु गरेको सो अभियानमा भदौ मसान्तसम्ममा १०८ वटा चौतारी बनाई ती सबैमा वरपीपल र समीका बिरुवा रोपेको कार्कीले बताए ।

उनले सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल र समीका बिरुवा रोपेको जानकारी दिए । कार्कीले बेनीको मङ्गलाघाटमा कृषिउपज खरिद बिक्री केन्द्र, किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आएक छन् ।
छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउन नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ” ५३ वर्षीय कार्कीले भने ।

chandra badadur karki

संरक्षणकर्मी कार्की यस्तो उदाहरणीय काम गरेबापत जिल्ला बन लगायत संघ संस्थाद्वारा सम्मानित भैरहेका छन् |

३ असोज २०७३

वि.सं.२०७३ असोज ३ सोमवार ०९:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...