back
NMB ad

चाडपर्वमा कसरी मितव्ययी भएर खर्च गर्ने ?

Kumari bank ad

धमाधम चाडपर्व नजिकिँदै छ । कसरी खर्च पुर्‍याउने हो मध्यम वर्गीय परिवारलाई चिन्ताले सताउन थालेको छ । हुन पनि डलरको भाउ बढेको र तलब बढेको निहुँमा बजारमा हरेक सामानको भाउ महँगो गरिएको छ । अरूबेला नसके पनि चाडपर्वका बेला अलिकति मीठा खाऊँ भन्ने सोच हुन्छ ।

अझै पनि दशैं भने पनि नयाँ कपडा किन्ने परिपाटी छ । सरकारले दशैंखर्च भनेर १ महीनाको तलब पनि दिने भएकाले खर्च गर्न बाध्य छन् । त्यो तलबले दशैं धान्न गाह्रो छ । तैपनि दशैंमा रमाइलो गर्न खर्च गर्न नडराउने बानी छँदै छ । ‘घाँटी हेरी हाड निल्नु’ भन्ने नेपाली उखानले औकातअनुसार खर्च गर्नुपर्छ भनेर सन्देश नदिएको होइन । तैपनि नेपालीहरू दशैंमा अलि बढी नै उदार हुने गरेका छन् ।

चाडपर्वका नाममा विकृति बढेको छ । अनावश्यक प्रदर्शन र आडम्बरले गर्दा नभए पनि देखाउनु पर्ने बाध्यता छ । आफ्नो कमाइलाई कसरी उत्पादनमूलक कार्यमा लगाउने भन्ने सोच नेपालीमा कमै मात्रामा पाइन्छ । आम्दानीको केही हिस्सा बचत गरेर कुनै क्षेत्रमा लगानी गर्नुपर्छ ।

बढ्दो महँगी र बढ्दो आवश्यकता हेर्दा मानिसको आय ८/९ वर्षको अन्तरालमा दोब्बर हुनैपर्ने देखिन्छ । खर्चका क्षेत्र फराकिलो हुँदै छ । हिजो घरमा एउटा टेलिफोन भए पुग्ने घरमा अहिले हातहातमा मोबाइल, इण्टरनेट आदिले गर्दा खर्च धेरै बढेको छ । त्यसैले चाडपर्वमा खर्च घटाई बचत गरेर लगानी गर्ने बानी बसालौं ।

बजेट छुट्‌याउनुहोस्। एक महिनाभित्र कुन(कुन कुरामा खर्च हुन्छ, लेख्नुहोस्। सानोभन्दा सानो खर्च पनि नछोड्‌नुहोस् । यसो गर्नुभयो भने पैसा कसरी खर्च भइरहेको छ अनि कुन कुरामा चाहिं फजुल खर्च भइरहेको छ भनेर थाहा पाउन सक्नुहुन्छ।

आवश्यक कुराहरूको सूची बनाउनुहोस्। जस्तै, खाना, लुगा, भाडा, ऋण, सवारी साधन वा यस्तै अरू खर्चहरू। प्रत्येक कुराको लागि महिनामा कति पैसा खर्च गर्नुपर्ला, विचार गर्दै लेख्नुहोस्।

प्रत्येक महिना खाना, भाडा, ग्याँस, पेट्रोल जस्ता आवश्यक कुराहरूमा लाग्ने खर्च छुट्‌याउनुहोस्। कसै-कसैले त्यसरी रकम छुट्‌याएपछि खाममा राख्ने पनि गर्छन्‌। तिनीहरू प्रत्येक खर्चको लागि छुट्टाछुट्टै खाम बनाउँछन्‌। एउटा खाममा भएको सबै रकम महिना मर्नुअघि नै खर्च भयो भने तिनीहरू या त त्यस कुरामा खर्च गर्न बन्द गर्छन्‌ या अर्को खामबाट पैसा झिकेर चलाउँछन्‌।

भौतिक कुरालाई तपाईं कत्तिको महत्त्व दिनुहुन्छ, विचार गर्नुहोस्। भर्खरै बजारमा आएको सरसामान आफूसित छ भन्दैमा हामी सुखी हुन्छौं भन्ने छैन।

काँटछाँट गर्नुहोस्। कतै घुम्न जाने वा बाहिर गएर खाना खाने जस्ता कुरामा त्यति खर्च हुँदैन जस्तो लाग्ला। तर यस्ता बानीहरूले पनि आर्थिक समस्या निम्त्याउन सक्छ। त्यसैले पैसाको जोहो गर्न हामीले मन परेका कुराहरूमा खर्च गर्न पनि नाइँ भन्न पनि सिक्नुपर्छ ।

३ असोज २०७३, ११।००

वि.सं.२०७३ असोज ३ सोमवार १२:४६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...