back
NMB ad

बाह्य शक्तिलाई चित्त बुझाउन संविधान बनाएको होइन : ओली

Kumari bank ad

भक्तपुर । पुर्व प्रधानमत्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको भरत भ्रमणप्रति कटाक्ष गरेका छन् । भारतसंग आनावाश्यक झुकेको आरोप लगाउदै ओलीले भने नेपालको संविधानलाई अरुले खटाएका दुई चार जनाले मात्र मन नपराएको उनले दाबी गरेका छन् ।
युवा संघ नेपाल भक्तपुर २ नं. क्षेत्रीय कमिटिले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै उनले भने ‘९२ प्रतिशत जन प्रतिनिधिले हस्ताक्षर गरेको संविधान कसरी स्विकार्य भएन्’ ।
घरमा आएका पाहुनालाई खाना खुवाएजस्तो काम संविधान नभएको भन्दै ओलीले भने ‘यो नेपाली जनताले चित्त बुझाएको संविधान हो ’।
‘पाहुनालाई खाना खुवाए जस्तो अचार खानेकी तरकारी भनेर सोधेर बाह्य शक्तिलाई चित्त बुझाउन संविधान बनाएको होइन,’ ओलीले भने ।
अनेक नाममा संविधान कार्यान्वयन गर्न नदिने पक्षलाई नेपाली जनताले खबरदारी गर्ने समय आएको ओलीले बताए ।
कार्यक्रममा बोल्दै उनले भने ‘प्रधानमन्त्री पुष्पकमल दाहाल राम्रो कार्य गर्न भारत भ्रमण गएका होइनन् ।’
दुई चार कुरा मुलुकको लागि नराम्रो काम गरेर प्रधानमन्त्री फर्कीएको ओलीको आरोप छ ।
कार्यक्रममा बोल्दै ओलीले भने ‘भारतले नेपालको संविधान संशोधनको बिषयमा देखाएको चासो गलत हो’ ।
अन्तराष्ट्रिय मामिलामा भारतको पछाडी लाग्छु भन्नु प्रधानमन्त्री दाहालले नेपालको विदेश निति जिम्मा लगाए जस्तो भएको ओलीको भनाई छ ।
भारतमा सकेकाले सबै काम प्रधानमन्त्री संयुक्त राष्ट्रको कार्यक्रममा नगएको एमाले अध्यक्ष ओलीले आरोप लगाएका छन् ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अग्नी खरेलले पाहाडलाई तराईसंग सम्बन्ध बिच्छेद गर्ने कामको लागि गरीने संविधान संशोधनलाई एमालेले साथ नदिने बताए ।
भारतसंग धेरै झुकेकाले प्रधानमन्त्री दाहालको घुडाँमा घाउ भएको होला सायद भन्दै खरेलले संविधान संशोधन किन र कसको लागि भन्ने प्रष्ट बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा पुर्व मन्त्री महेश बस्नेत, एमालेले केन्द्रिय सदस्य निरु पाल, सांसद केदार संन्जेल, एमाले भक्तपुर जिल्ला उपाध्यक्ष बचन देउजा लगायतले संविधानको कार्यान्वयनमा सबैले एकजुट भएर लाग्नु पर्ने धारणा राखेका छन् ।

असोज ३ ।

वि.सं.२०७३ असोज ३ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...