काठमाडौं । सेयर बजारको परिसूचक नेप्से १ प्रतिशतले झरेको छ। १७.९८ अंकले ओर्लिएर नेप्से १७ सय ८६ अंकमा कायम भएको छ। कारोवारमा आएका अधिकांश समुह ओरालो लाग्दा समग्र सेयर बजारमा नकारात्मक प्रभाव परेको हो ।
सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी २८ दशमलव २६ अंकले घटेको छ । त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुह २३ दशमलव ६, विकास बैंक १९ दशमलव ८,फाइनान्स १० दशमलव ६३ र अन्य समुह १० दशमलव ४१ अंकले ओरालो लागेको छ । यता बीमा र होटल समुहको परिसुचक भने क्रमशः ३५ दशमलव ३५ र १४ दशमलव ८८ अंकले बढेको छ । मंगलवार नविल बैंकको सवैभन्दा बढी १७ करोेडको कारोवार भएको छ । त्यस्तै १२ करोड ६१ लाख बराबरको एनआइसी एसियाको कारोवार भएको छ । मंगलवार १ सय ४४ कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको १६ लाख १५ हजार कित्ता सेयरबाट १ अर्व ३४ करोडको कारोवार भएको छ ।
प्रकाशितः २०७३ असोन ४
वि.सं.२०७३ असोज ४ मंगलवार १७:२२ मा प्रकाशित