back
NMB ad

जहाजमै पड्कियो सामसङ ग्यालेक्सी नोट टु

Kumari bank ad

काठमाण्डौं । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ।

ग्यालेक्सी नोट सेभेन पड्केर हैरानी खेपेको सामसुङका लागि फेरि अर्को तनाव थपिएको छ। ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएपछि साङसुङलाई अर्को झड्का लागेको हो।

भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

सामसङले ग्यालेक्सी नोट टु सन् २०१२ अक्टोबरमा लन्च गरेको थियो ।

एक व्यवसायिक उडान इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो। समाचारमा जनाइए अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थियो, जहाँ यात्रुले आफ्नो हेन्ड ब्याग पनि राख्ने गरेका हुन्छन्।

भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकका अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरेका छन्।

अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए ।

डीजीसीएका एक प्रवक्ताका अनुसार यस घटनामा जहाजमा सवार कुनै यात्रुलाई कुनै चोटपटक लागेको छैन ।

प्रकाशितः २०७३ असोज ८

वि.सं.२०७३ असोज ८ शनिवार ११:२४ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...