back
NMB ad

कर्णालीको पर्यटन प्रबद्र्धन सहित राराबास–राराताल प्याकेज !

Kumari bank ad

हरिशरण न्यौपाने,मुगु । नेपालका थुप्रै गन्तव्यहरुको खोजी, प्रबद्र्धन र पर्यटकीय प्याकेज बनाउँदै आएको सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) नेपालले राराबास देखि नेपालकै ठूलो रारातालसम्मको पर्यटन प्रबद्र्धन र पर्यटकीय प्याकेज कार्यक्रम अगाडि बढाएको छ । आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत बर्दिया–बाँके(गाभर भ्याली)–सुर्खेत–दैलेख–कालिकोट–जुम्ला–मुगुको रारासम्म स्थलगत अध्ययन अवलोकन पछि सोट्टोले उक्त कार्यक्रम अगाडि बढाउने भएको हो ।

पर्यटनसँग सरोकार राख्ने विभिन्न संघसंस्था, राजनीतिज्ञ, सरकारी निकायका पदाधिकारीहरु र पर्यटन पत्रकारहरु सहित दुई दर्जन व्यक्तिहरुको सहभागीता सहितको फार्म टुर पछि उक्त प्याकेज कार्यक्रम निर्माण गर्न लागिएको हो । बर्दियादेखि रारासम्म रहेका प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरुको अवलोकनका साथै कर्णालीका जिल्ला–जिल्लाका पर्यटकीय सम्पदाहरु र तीनीहरुको विकासमा पर्यटन प्याकेज निर्माण गरेर अगाडि बढिने बताइएको छ । त्यस क्षेत्रको पर्यटनका सम्भावना र पर्यटनबाट लिन सकिने फाईदाका विषयमा सरोकार पक्षलाई भोक जगाईदिएको छ । सरकारले घुमफिर वर्ष मनाइरहेको सन्दर्भ पारेर नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले भदौ ३० देखि असोज ८ सम्म उक्त अध्ययन भ्रमण गरेको हो ।

SOTTO PHOTO  (2)

भ्रमणलगतै सोट्टोले अब रारा क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक पठाउनको लागि गृहकार्य थाल्ने सोट्टो–नेपालका अध्यक्ष यमबहादुर खड्काले बताए ।

फार्म टुर अबधिभर सँगै रहेका नेकपा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापाले राराबास देखि रारातालसम्मका पर्यटकीय स्थलको संरक्षण र सम्बद्र्धन, बजारीकरणमार्फत उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सबै लागि पर्नुपर्ने बताए । उनले भने, ʽराराबास(गाभरभ्याली)देखि रारातालसम्म पर्यटकलाई पुर्याउँदाका दुःखहरु के छन् ? रारामा पर्यटक आए भने त्यसको लाभ तपाई कर्णालीबासी र देशले यी विषयलाई कसरी सम्बोधन गर्न सक्छ भनेर हामी यहाँ आएका हौं । यसमा कर्णालीबासी जनताले यहाँको पर्यटनको विकासमा अन्तिम निर्णय लिनुपर्नेछ ।ʼ  प्रमुख थापाले गुनासोमात्र होईन काम गर्न एक भएर जुट्नुपर्ने बताए ।
जुम्लाका साँसद एवं पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले सुन्दर कर्णालीको समग्र पर्यटनको विकासमा आफुले सक्दो बजेट विनियोजन गरेको, त्यसको सदुपयोगमा लाग्न सबैसँग आग्रह गरे । कर्णालीका पर्यटकीय सम्पदालाई राष्ट्रियरुपमा जोड्न र यसको विकासमा आफु संधै लागि पर्ने उनले बताए ।

फार्म टुरमा सँगै रहेका नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक मणि लामिछानेले कर्णालीका पर्यटकीय सम्पदाहरुबारे यथार्थ सूचना दिन भ्रमण फलदायी बनेको बताए ।

त्यस्तै होमस्टे एसोसियसनका अध्यक्ष भिम केसीले बर्दियादेखि मुगुको रारासम्म पर्यटकलाई बसाउने होमस्टेको विकास गरिनुपर्ने र यसका लागि सहयोग गर्न आफुहरु लागिपर्ने बताए ।

मुगु(रारा)का पर्यटन व्यवसायी गोपाल बमले राष्ट्रकै प्रमुख पर्यटकीय क्षेत्र रारालाई सबैले महत्व दिएर लगानी बढाउँदै स्थानीयका साथै राष्ट्रकै आम्दानीमा योगदान दिनुपर्ने बताए ।
उक्त समूहले बाँके–बर्दियामा (गाभर भ्याली होमस्टे अर्थात राराबास), सुर्खेत, दैलेखको गुराँसे, कालिकोटको मान्मा, जुम्लाको खलंगा, मुगुको रारातालमा पर्यटकीय सम्भावना र चुनौति विषयमा छुट्टाछुट्टै अन्तक्रिया कार्यक्रम गरेको थियो । अन्तक्रियामा हरेक जिल्लाका पर्यटन व्यवसायी, स्थानीय वासिन्दा, राजनीतिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, विभिन्न कार्यालयका प्रमुखहरु, पर्यटन व्यवसायी, संचारकर्मीहरु सहितको सहभागीता रहेको थियो ।

 

 

 

SOTTO PHOTO  (4)

 

????????????????????????????????????

????????????????????????????????????

SOTTO PHOTO  (3)

रारा ताल परिसरमा राष्ट्रिय ताल संरक्षण विकास समितिसँगको सहकार्यमा संयुक्त अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

सोसाईटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले सार्वजनिक गरेको प्याकेज हेर्न यो लिंक खोल्नुहोस्।     राराबास–राराताल प्याकेज !
यसअघि पनि सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) ले नेपालका थुप्रै नयाँ गन्तव्यहरुको प्रबद्र्धन र प्याकेजिङ गर्दै आएको छ । रारासम्म पुग्ने सबैले मानव भएर जन्मिएपछि एक पटक धर्तीको स्वर्ग मानिने रारातालसम्म पुग्नै पर्ने बताएका छन् ।

प्रकाशित मितिः २०७३ असोज ८ गते

वि.सं.२०७३ असोज ८ शनिवार १२:०५ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...