काठमाण्डौं । महालेखा परिक्षकको कार्यालयले नेपाल स्याटलाइट र मुक्तिश्री टेलिकमको सेयर स्वामित्व परिवर्तन गर्दा डेढ अर्ब हाराहारी लाभकर छलिएको भन्दै तुरुन्त उठाउन कर कार्यालयलाई निर्देशन दिएको छ। दुबै कम्पनी अजयराज सुमार्गीको हो ।
दुबै कम्पनीको सन् २०११ र २०१२ मा भएको सेयर स्वामित्व परिवर्तनमा कर छलिएको महालेखाले निश्कर्ष निकालेको हो। महालेखाले गत चार असोजमा आन्तरिक राजश्व कार्यालय क्षेत्र नंम्बर एकलाई पत्र लेख्दै ३५ दिन भित्र एक अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लाभकर उठाइ सक्न निर्देशन दिएको हो।
९ असोज २०७३, ११।००
वि.सं.२०७३ असोज ९ आइतवार १२:१६ मा प्रकाशित