अब नेप्सेमा अक्सन मार्केट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्रको दोस्रो बजारको कारोबार समयपछि एक घण्टा अक्सन मार्केट सञ्चालन गर्ने भएको छ । दोस्रो बजारमा शेयरको माग बढेको अवस्थामा आपूर्ति गर्ने उदेश्यले अक्सन मार्केट सञ्चालनको तयारी गरेको हो ।

धितोपत्र बजारको आवश्यक पूर्वाधारको रुपमा रहेको अक्सन मार्केट सञ्चालनको लागि नेप्सेले अक्सन कारोबार कार्यबिधि २०७३ को मस्यौदा स्वीकृतिको लागि धितोपत्र बोर्डमा पठाएको छ । बोर्डले मस्यौदा स्वीकृत गरेपछि नेप्सेले बजार सञ्चालन गर्नेछ ।

कार्यविधि मस्यौदाअनुसार आइतबारदेखि बिहिबारसम्म नियमित कारोबार समयपछि एकघण्टासम्म अक्सन मार्केट सञ्चालन हुनेछ । तर शुक्रबार भने ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

नेप्सेले सञ्चालन गर्ने सो बजारमा पनि धितोपत्र दलालहरु नै सहभागी हुनेछन् । आजको कारोबार दैनिकबाट ।

प्रकाशितः २०७३ असोज १०

२०७३ असोज १० गते १०:३१ मा प्रकाशित

You can share this post!

आईएमईको स्कुटर मलेसियामा कार्यरत तिलकले जिते

तरकारी मूल्य २ सय २८ प्रतिशतसम्म बृद्धि, किन बढ्यो यसरी ?

Related posts