back
NMB ad

सेयर बजार घट्दैछ, नआत्तिनुहोस्, यो जोखिमको क्षेत्र हो, यसरी जोगाउनुहोस् लगानी !

Kumari bank ad

नेपाल सेयर बजार दिनदिनै तल जाँदै गर्दा कतिपय लगानीकर्ताको ओठ तालु सुक्न थालेको छ । केही महिनाअघि सेयर बजार तीब्र रुपमा बढ्न थाल्दा बजारमा प्रबेश गरेका नयाँ र साना लगानीकर्ता  बजार खस्दा  बढी आत्तिने नै भए कतिपय ठूलो संख्यामा सेयर उठाएका, करोड करोड लगानी गरेका ब्यापारिक मानसिकताका लगानीकर्ताहरुमा पनि अभुतपूर्व संकटको अबस्था आए जस्तो भएकोछ ।

केही समय पहिला बजार पूँजीकरणमै खर्ब जत्तिको कमी आएपछि लार्खौ लगानीकर्ताको पैसा गुमेको अबस्था थियो । अहिले फेरि बजार दिनदिनै घट्ने क्रम जारी भएकोछ । हिजो मात्र ३६ अंकले बजार घटेकोछ । केही समय पहिला जस्तो बजार त्यही ढंगले अरु केही केही दिन ओरालो लागिरहेको भए त्यस्ता कारोबारीहरु सेयरबाट करोडपति हैन रोडपति चाँही हुने थिए । यस्तो समस्या दीर्घकालीन हिसावले लगानी गरेकामा नभई क्षणिक फाईदा खोज्ने ब्यापारीहरुमा बढी देखिएको थियो ।

बजार तीब्र ढंगले ओरोलो लाग्दा अनुभवहिन र नयाँ लगानीकर्ता आत्तिनु त स्वभाविक थियो किनभने उनीहरुलाई सेयर बजार सधैं बढिरहदैन र सधै घटि पनि रहँदैन भन्ने कुरा हेक्का नहुनसक्थ्यो । अहिले रहेक दिन बजार झर्दा यहाँ बर्षौदेखि लगानी गरिरहेका र करोडौ रुपैयाँ ऋण धन गरेर सेयर बजारमा फसाएका ठूला लगानीकर्ता नै आत्तिन पुगेका छन् ।

बजार कतिसम्म तल झर्ला त भन्ने अनुमान लगाउने बढ्दै थिए र त्रासबाट प्रभावित नहुने शायदै कोही थिए । सेयर बजार कहिले तल झर्छ र कहिले मथि जान्छ, कतिसम्म तल झर्छ र कतिसम्म माथि जान्छ भन्ने ज्योतिषबाजी गर्नेहरु फेल खान्छन् भन्ने कुरा यसपटक पनि बजारले देखाईदियो र धेरैले बजार अरु तलै झर्छ भन्ने सोचिरहेको बेला नेप्से उक्लिन थाल्यो । अहिले फेरि नेप्से तल झर्ने क्रम जारी छ ।

बजारमा अनेक खालका हल्ला फैलाउने जमातहरुको कमी नहोला किनभने यहाँ तथ्यको खोजी गर्ने, आफ्नै अध्ययन बिश्लेषण र निर्णयबाट लगानी गर्ने भन्दा पनि भनेको, सुनेको आधारमा लगानी गर्नेहरुको जमातको कमी छैन, त्यसैले हल्लाको प्रभाव छिटो फैलिन्छ ।

सेयर बजार घट्नुपर्ने दृश्य, अदृश्य अनेक कारणहरु हुनसक्छन् र कतिपय अबस्थामा कुनै कारणै पत्ता लगाउँन नसके पनि बजार घटिरहेको हुनसक्छ । यसपटक कालो धन खोजीको त्रास, शेयर दलालले पाईरहेको चेक खरिद सुबिधा बन्दको प्रभाव, नेप्से एकैचोटी लगातार धेरै बढेर करेक्शन खोजिरहेको अबस्था, घटाउने र बढाउने बीचको रस्साकस्सी, सरकार परिवर्तनको प्रभाव, कथित बिश्लेषकहरुको कारणले लगानकिर्तामा बन्न गएको धारणा, संघाई समूहसँग जोडिएको लागुऔषध प्रकरण, माग र आपुर्तिको अवस्था लगायतका कारणले भुमिका खेलेको हुनसक्छ तर सेयर बजार क्र्यास नै हुन्छ भनेर हल्ला फैलाउनेहरुलाई भने बजारको प्रबृत्तिले साथ दिँदैन ।

लगानीकर्तामा सिर्जना गर्न खोजिएको मनोबैज्ञानिक त्रास कम हुँदै गएर फेरि बजारले आफ्नो लय समाते पछि अनुमान र आँकलनको फेरो समातेर बजारलाई आफ्नो दिशामा लैजान्छु भन्नेहरु फेल भएको अबस्था छ ।

नेप्सेले एउटा बिन्दु पार गरेपछि अब बजार घट्छ भनेर सेयर बेचेर निस्कनेहरु पनि अब क्रमशः बजार त बढ्ने नै रहेछ भन्दै पहिले आफुले बेचेका र राम्रा कम्पनी छानी छानी सेयरहरु उठाउँन थाल्दा त्यसको समेत प्रभाव बजारमा पर्ने छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा गरी साधारणसभा डाक्दा र बोनस बितरणका लागि सेयरधनी दर्ता किताब बन्द गर्दाको असर पनि पर्न थालिसकेको छ । समग्रमा भन्नुपर्दा अबका केही समय नेप्से कतिसम्म झर्ला चलि नै रहनेछन् ।

बजार तीब्र ढंगले घटिरहदा पनि तीन महिना अगाडि सेयर किनेर बसेकाहरु नाफामै थिए र उनीहरु नाफा सुरक्षित गर्न सेयर बेच्न चाहन्थे । हकप्रद भर्नेहरुको पनि आफुसँग भएको साधारण सेयर बेचेर पैसा जम्मा गर्ने चाहना देखाउनु स्वभाविक थियो, नयाँ र साना लगानीकर्ताहरु आफुले किनेको सेयरको मूल्य घटेर घाटा भए पनि अरु धेरै घटेर लगानी नै खरानी हुन्छ कि भन्ने चिन्ताले आत्तिएर सेयर बेचेका पनि देखियो ।

बजार घट्दै जाँदा लगभग फ्रि फल अर्थात जत्ति मूल्यमा पाए पनि सेयर बेच्ने प्रबृत्ति बजार ५ प्रतिशतले घटेको दिनमा देखियो । सेयर बजार घट्दै जाँदा एउटा कुरा के थाहा हुन्छ भने एउटै कम्पनीमा धेरै रकम लगानी गर्नु घातक हुने रहेछ, पोर्टफोलियो ब्यवस्थापन गरेर, जोखिम आँकलन गरी दीर्घकालीन हिसावले लगानी बिबिधिकरण नगरिएको अबस्थामा यसपटक जस्तै बजारबाट धोका पाईने रहेछ भन्ने पाठ कतिपय लगानीकर्ताहरुले सिकेको हुनुपर्छ ।

फेसबुक, भाईवर वा अन्य सामाजिक संजालमा समूह बनाएर, हल्ला फैलाई, कम्पनीको आधारभुत अबस्था बिचार नगरी, प्राबिधिक बिश्लेषणको मात्रै आधारमा एक वा दुई कम्पनीको सेयरमा लगानी गर्दा धोका पाएकाहरुले अहिले आफुले खरिद गरेको भन्दा माथिको मूल्य आएपछि त्यस्ता कम्पनीको सेयर बेची लगानी डाईभर्सिफाई गर्न थालेका छन् ।

एक वा दुई कम्पनीको सेयरमा मात्रै केन्द्रित नभई उनीहरुले त्यही पैसा १० वटा राम्रा कम्पनी छानेर लगानी गरेमा बजार घट्दा आत्तिनु पर्ने अवस्था आउँदैन । एउटा कम्पनीको सेयर मूल्य धेरै घटे पनि अर्को कम्पनीको सेयर मूल्य धेरै नघट्दा उनीहरुले कम क्षति ब्यहोर्न पर्ने हुन्थ्यो । अर्को कम्पनीले दिने लाभांशले नाफा घाटा बराबरको अबस्था वा नाफामै लैजानसक्थ्यो ।

नेप्से तीब्र रुपमा घट्दा र बढ्दा बजारलाई कसरी बुझ्ने भन्ने कुरामै पुनर्बिचार गर्नुपर्ने आबश्यकता छ । सेयर बजार तीब्र रुपमा घट्दा पनि राम्रा कम्पनीको मूल्य घट्दै घटेको थिएन वा न्युन मात्रामा घटेको थियो । नराम्रा, कमजोर, संस्थागत सुशासन नभएका, कमाई नभएका, लाभांश अर्थात बोनस सेयर बाड्न नसक्ने, हकप्रद मात्रै बेच्न खोज्ने कम्पनीहरुको मूल्य बढेकै छैन वा बढे पनि कम मात्रै बढेको छ ।

फसेकै चाँही लहै लहैमा जुन पायो त्यही कम्पनीको सेयर किन्ने र मूल्य घट्न थालेपछि कोकोहोलो मच्चाउनेहरु हुन् जसले असुरक्षित लगानी गरेका थिए । बजारमा उचालिएर कमजोर कम्पनीको सेयर नकिन्नुस भन्दा उनीहरु यसले घटाएर सेयर किन्न खोज्यो भन्ने आरोप लगाउँथे भने घटेको बजारमा छानी छानी राम्रा कम्पनीको सेयर किन्नुहोस् भन्यो भने बजारमा चलखेल गरेर सेयरको भाऊ बढाउँन खोज्यो भन्ने आरोप लगाउँथे तर नशामा चढेको मान्छेलाई संझाउनु मुस्किल हुन्छ, हण्डर ठक्कर खाएर जब सामान्य अबस्थामा आउँछ, तब चेत्छ ।

बजार घटबढको चक्र चलिरहन्छ भनेर बुझी लगानी गर्नेहरु नेपालको जस्तो फैलदो अर्थतन्त्रको परिवेशमा सेयर बजारमा गरिएको लगानीबाट आगामी दिनमा नाफामै रहन्छन् । धेरैले बुझ्न थालिसकेका होलान् कि थारो गाई पाल्दा, घाँस, पराल, ढुटो र श्रमको मात्रै खर्च, ब्याउने र दुध दिने कहिले हो ठेगान छैन ।

अरुको लहै लहै र लहडमा मूल्य उचालिएर लगानी गर्दा यस्तै भागदौडको अबस्थामा किचिएर मर्नु पर्छ भन्ने चेतना बिस्तार हुँनु राम्रो पक्ष हो । आफ्नै अध्ययन र निर्णयमा कम्तिमा १० वटा राम्रा, मूल्य माथि नउचालिएका अर्थात मूल्य आम्दानी अनुपात कम भएका, पूँजी आधार राम्रो भएका, ब्यापार र नाफा बढाउँदै लगेका, प्रति शेयर आम्दानी र लाभांश दर बढाउँदै लगेका, नगद भन्दा बोनस बढी दिने, हकप्रद भन्दा बोनस बढी दिने, संस्थागत सुशासन राम्रो भएका, जगेडा कोष बढी भएका, नियमनकारी निकायको कारबाहीमा नपरेका, आफैले पूँजी पुर्याउँनसक्ने, अरुसँग मर्जमा गएर लामो समय सेयर कारोबार बन्धक नबन्ने कम्पनीहरु छानेर लगानी गर्नुपर्ने रहेछ भन्ने पाठ यसपटकको सेयर बजार घटाईबाट सिक्नु जरुरी देखिन्छ ।

१० असोज २०७३, ११।००

वि.सं.२०७३ असोज १० सोमवार १२:५७ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...