२६ अंकले बढ्यो नेप्से, सेयर कारोवारमा एभरेष्ट बैंक अगाडि

काठमाडौं । केही समय यता लगातार ओरालो लागेको नेप्से परिसुचक आज उकालो लागेको छ । हिजो ३६ अंकले झरेको सेयर बजार आज साढे २६ अंकले रिभर्स भएको छ । बजार १७५७ अंकमा पुगेर बन्द भएको छ । बजारमा १३२ कम्पनीको एक अर्ब सात करोड रुपैयाँको किनबेच भएको छ ।

सबै उपसुचकहरु हरियो भएका छन् । बैकिङ ३१.७६, होटल ५४ अंक, विकास बैंक १८, जलविद्युत २१.७३, फाइनान्स ८ अंक. बिमा ८७ र अन्य साढे नौं अंकले बढेको छ ।

सबैभन्दा वढि ङादी ग्रुप पावरको ९.९३ अंकले बढेको छ । राप्तिभेरी विकास, आइएलएफसिओ माइक्रोफाइनान्स, एभरेष्ट कन्भर्टेवल प्रिफरेन्स र नेरुडे लघुवित्तको सेयर मूल्य पनि धेरै वढेको छ ।

बजार बढ्दासमेत पोखरा फाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्थाको सेयर मूल्य झरेको छ ।

बम्पर लाभांस घोषणाको चर्चाले एभरेष्टको २२ करोड ७७ लाख रुपैयाँको किनबेच भएको छ । बैंकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशतभन्दा बढी बोनस दिने तयारी गरिरहदा त्यसप्रति आकर्षण बढेको हो । एनबी बैंकको १० करोड ४७ लाखको सेयर कारोबार भएको छ ।

प्रकाशितः २०७३ असोज १०

२०७३ असोज १० गते १५:४४ मा प्रकाशित

You can share this post!

माइक्रोफाइनान्सले २० प्रतिशत नगद र ५० प्रतिशत हकप्रद दिने !

विश्व पर्यटन दिबसको पूर्वसन्ध्यामा टानको 'सम्पदा यात्रा'

Related posts