काठमाण्डौं । नेपाल बंगलादेश बैंकले आगामी कार्तिक ८ गते बाईसौ साधारणसभा गरी ३२ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्ने भएको छ । बैंक संचालक समितिको बैठकले साधारण सभा र बोनस सेयर बितरण प्रयोजनका लागि असोज १९ गते सेयरधनी दर्ता किताब बन्द गरिने निर्णय सार्वजनिक गरेको छ ।
असोज १८ गतेसम्म सेयर किन्नेले मात्र बोनस सेयर पाउने र साधारणसभामा भाग लिनसक्ने छन् । साधारणसभाले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्यो भने पनि अहिले सेयर किन्नेले अहिले नै हकप्रद पाउदैनन् । नेपाल धितोपत्र बोर्डले हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेपछि मात्र अर्को सूचनाद्धारा सेयरधनी दर्ता किताब बन्द भएपछि मात्र त्यस बेला कायम हुन आउने सेयरधनीले मात्र हकप्रद दावी गर्न पाउने छन् ।
नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी हाल ३ अर्ब ३ करोड रहेकोमा ३२ प्रतिशत बोनस बितरण पछि चार अर्ब पुग्ने छ । त्यसको ८० प्रतिशत अर्थात १० बराबर ८ का दरले हकप्रद जारी भए पछि ७ अर्ब २० करोड हाराहारीमा हुनेछ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब २० करोड खुद नाफा गरी प्रति सेयर आम्दानी ३९ रुपैयाँ कायम गरेको थियो ।
प्रकाशितः २०७३ असोज ११
वि.सं.२०७३ असोज ११ मंगलवार १०:५८ मा प्रकाशित