back
NMB ad

चाडपर्वको अवसरमा दुग्धजन्य पदार्थमा मिल्दैछ विशेष छुट !

Kumari bank ad

विराटनगर । दशै तिहार र छैठ लगायतका नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर यहाँ स्थित दुग्ध वितरण आयोजनाले दुध, दही र  पनिर लगायतका दुग्धजन्य पदार्थको उत्पादन बृद्धि गर्ने र विशेष छुट दिने जनाएको छ ।

चाडपर्वको बेला दुग्धजन्य पदार्थको माग सामन्य बेलाको भन्दा दोब्बर बढी हुने भएकाले ती बस्तुहरुको अहिले नै उत्पादन बढाएर भण्डारण गर्न लागिएको हो ।  सामन्य अवस्थामा दैनिक दुई सय किलो माग रहेको पनिरको चाडपर्वको समयमा दैनिक पाँच सय किलो सम्म माग हुने बताइएकोछ ।

सामन्य अवस्थामा दैनिक तीनदेखि चार हजार लिटर खपत हुने दुध र दहीको माग चाडपर्वमा बढेर प्रति दिन आठ हजार लिटर तथा  घिउ दैनिक डेढ सय किलोबाट बढेर पाँच सय किलो सम्म पुग्ने गर्छ ।

नजिकिदै गरेका पर्वहरुलाई मध्यनजर गरेर आयोजनाले  घिउमा प्रतिलिटर रु १० र पनिरमा प्रतिकिलो रु पाँच छुट दिएको छ । आयोजनाको काउण्टरबाट खरिद गर्ने उपभोक्तालाई मात्र उक्त छुट दिएको आयोजनाले जनाएको छ ।

११ असोज २०७३, २।००

वि.सं.२०७३ असोज ११ मंगलवार १४:१७ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...