back
NMB ad

धादिङ दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, १३ को सनाखत (अपडेट)

Kumari bank ad

धादिङ । धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै मंगलबार ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको हो भने १ महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा मृत्यु भएको छ ।

घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्दार गरी उपचारको लागि काठमाण्डौ ल्याईएको छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

मृतक मध्ये १३ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा सत्यदेवी गाविस वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा (नाम नखुलेको) रहेका छन् । यसैगरी सत्यदेवी –३ का तील बहादुर तामाङ, री गाविस–८ का चन्द्रमान तामाङ, मन तामाङ, री–२ का कासा लामा तामाङ, दार्खा–९ का रामचन्द्र सापकोटा, मार्पाक–५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन् । त्यसैगरी बसका चालक गोरखा जिल्ला घर भएका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पर्नेहरु अधिकाँश नेपाल सरकारले घर बनाउन पहिलो किस्ता बापतको  दिएको ५० हजार रुपैया लिएर फर्किएका उत्तरी धादिङका स्थानीयहरु रहेका थिए ।

धादिङवेसीको टिकट काउन्टरबाट ३१ जनाको चलानी लिएर किन्ताङफेदी गएको गाडीमा वीच बाटोबाट पनि यात्रुहरु चढेको बताइएपनि गाडीमा कति यात्रु थिए भनेर अझै खुल्न सकेको छैन । कच्ची सडक र बढी भार भएका कारण घुम्तीबाट बस खसेको अनुमान गरिएको छ ।

प्रकाशित मितिः २०७३ असोज ११

वि.सं.२०७३ असोज ११ मंगलवार १८:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...