back
NMB ad

पदयात्रा सहयोगीका लागि क्लोथीङ्ग सेन्टर खोल्दै टान र किप 

Kumari bank ad

काठमाडौँ । ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र काठमान्डौ इन्भाईरन्मेन्टल एडुकेसन प्रोजेक्ट (किप) ले संयुक्त रुपमा लुक्ला र काठमाण्डौमा पदयात्रा सहयोगीहरुको लागि ‘क्लोथिंग सेन्टर’ संचालनमा ल्याउने भएकाछन् ।

यस सम्बन्धि समझदारीपत्रमा दुइ संस्थाले शुक्रबार एक कार्यक्रमका बिच हस्ताक्षर गरे | समझारीपत्रमा टानको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद रिजाल र किपका अध्यक्ष बिमल नहर्कीले हस्ताक्षर गरे ।

यस्ता सेन्टरहरुले पदयात्रा सहयोगीहरुलाइ न्युनतम सफाई खर्च लिएर निशुल्क रुपमा तातो ज्याकेट, ट्राउजर, बुट लगायतका सामग्रीहरु उपलब्ध गराउनेछन् ।  पदयात्रा समापनपश्चात उक्त सामाग्रीहरु फिर्ता गर्नुपर्नेछ ।

किपले दुवै क्लोथीङ्ग सेन्टरहरुको ब्यबस्थापन हेर्नेछ भने टानले कर्मचारीहरुको तलब तथा घरभाडा व्यहोर्नेछ ।  साथै टानले लुक्ला स्थित आफ्नो बन्द भएको ‘क्लोथिंग सेन्टर’ मा भएका सम्पूर्ण सामग्री किपलाइ हस्तान्तरण गर्नेछ र आबश्यकता अनुसार नयाँ लुगा खरिद गर्नेछ ।

trekking agency association of nepal logo
trekking agency association of nepal logo

कार्यक्रममा बोल्दै टानका अध्यक्ष रिजालले यस्ता क्लोथिंग सेन्टरहरुले नेपालबारे विश्व पर्यटन बजारमा नेपालबारे सकारात्मक संदेश प्रबाह गर्ने बिश्वास लिए ।  “पुरा विश्वले थाहा पाउनेछन् कि हामीले हाम्रा कामदारहरुको उचित ख्याल राखेकाछौँ ।  यसले पयर्टन प्रबर्द्धनमा मद्दत पुर्याउनेछ,” रिजालले बताए ।

यस्ता क्लोथिंग सेन्टरहरुले आफुसंग न्यानो लुगा तथा जुत्ता नहुने तर उच्च हिमाली क्षेत्रमा काम गर्नुपर्ने हजारौं पदयात्रा सहयोगीहरुलाई सहयोग पुग्ने बिश्वास लिइएको छ ।

किपले पहिले देखि नै पदयात्रा सहयोगीहरुलाइ ठमेलस्थित आफ्नो कार्यालयबाट यस्तो सुबिधा प्रदान गर्दै आइरहेको छ ।  साथै अन्नपूर्ण क्षेत्रको लागि टान पोखराले यस्तो क्लोथिंग सेन्टर पोखरामा संचालनमा ल्याएको छ ।

असोज १४, २०७३ 

वि.सं.२०७३ असोज १४ शुक्रवार १६:११ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...