सार्क शिखर सम्मेलन अन्यौलता बारे अध्यक्ष राष्ट्र नेपालका प्रराष्ट्रविदहरु यसो भन्छन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारीले अन्र्तराष्ट्रिय आतंकवादको विरुद्धमा नेपाल रहेको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. अधिकारीले नेपाल अन्र्तराष्ट्रिय आतंवादको विरुद्धमा रहेको बताएका हुन् । उनले अघि थपे,‘हामी ईन जनरल र ईन प्रिन्सिपल आतंकवादको विरुद्धमा छौं ।’ यद्धपी उनले भारत–पाकिस्तानवीचको बढ्दो तनावलाई लिएर नेपालले अहिले नै बोल्न नमिल्ने स्पष्ट पारे ।
क्लबका सभापति ऋषि धमलाको सभापत्विमा आयोजित साक्षात्कारमा बोल्दै अधिकारीले आगामी नोभेम्बरमा पाकिस्तानको ईस्लामवादमा हुने भनिएको १९ औं सार्क सम्मेलनको अन्यौलताबारे समेत प्रधानमन्त्रीले सरकारको तर्फबाट आफ्नो धारणा राखिसकेकोले नेपाल सार्कको अध्यक्ष राष्ट्रको हैसियतले निर्धारित मितिमै होस भन्ने चाहेको स्पष्ट पारे ।
सार्क राष्ट्रको कुनै एक सदस्यले भाग नलिए सम्मेलन नै प्रभावित हुने भएकाले सबै सदस्य राष्ट्रको सहमति आवश्यक रहेको उनको भनाई थियो । भारतविना सार्कको औचित्य नै नहुने अधिकारीले स्पष्ट पारे ।
अर्थविद डा.विश्वम्भर प्याकुरेलले सार्कलाई अहिलेसम्म भारतले नै नेतृत्व दिएकोले भारतविनाको सार्कको कुनै अस्तित्व नै नहुने बताए । प्याकुरेलले अहिले सार्क दुई फ्याक्टरमा विभाजित जस्तो बनेको तर्क गरे ।
उनले भने,‘अहिले सार्क दुई भागमा बाँडिएको छ, एउटा सार्क २ छ जहाँ भारत र पाकिस्तान मात्रै छन्, अर्को सार्क ६ छ त्यसमा भारत र पाकिस्तानवाहेकका राष्ट्रहरु छन् ।’ डा. प्याकुरेलले सार्क ईकोनोमिक प्रष्पेक्टिभमा ईनईफेक्टिभ भएको बताए । नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतमा भएकोले अहिले सन्तुलित एवम् प्रभावकारी भूमिका खेल्नुपर्ने प्याकुरेलको भनाई थियो ।
पराष्ट्रविद डा. निश्लनाथ पाण्डेले सार्क अहिले मरणासन्न र चीर निद्रामा रहेको टिप्पणी गरे । पाण्डेले भारत–पाकिस्तान तनावका कारण अहिले सार्क सम्मेलन अन्यौलमा रहेकोले अध्यक्ष राष्ट्रको हैसियतले आफ्नो दायित्व प्रभाकारी ढंगले निर्वाह गर्नुपर्ने बताए । उनले भारतले सार्कलाई त्यति महत्व नदिएको समेत बताए ।
उनले सार्क सम्मेलनको बारेमा नेपाल सरकारले पटक पटक वक्तव्य निकाल्नुभन्दा पनि विचार पुर्याएर एउटै विज्ञप्ती निकाल्नुपर्ने धारणा राखे । उनले थपे,‘अफिसियल डकुमेन्ट निकाल्दा विचार पुरयाएर एउटै निकाल्नुपर्छ ।’
भारतले आतंकवादको विरुद्धमा सर्जिकल स्ट्राईक थालेको बारेमा टिप्पणी गर्दै आतंकवादको विरोध गर्नु राम्रो कुरा भएको पाण्डेको भनाई थियो ।
पूर्वराजदुत प्रद्युम्न विक्रम शाहले सार्क सम्मेलन स्थगित् हुनु नौलो कुरा नभएको भन्दै आयोजक राष्ट्रमा आन्तरिक समस्या भए भेन्यु सार्न सकिने बताए ।
यद्धपी उनले भारत–पाकिस्तावीच अहिले देखिएको समस्यालाई वार्ताबाटै हल गरेर मिलाउनुपर्ने बताए ।

१४ असोज

२०७३ असोज १४ गते १६:२३ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगार प्राथमिकतामा– रोजगारमन्त्री गुरुङ

राजनीतिक आडभरोसामा पर्यटन व्यवसाय गर्न भएन

Related posts