back
NMB ad

दशैं सुरक्षा योजनाः कुकुरदेखि मोटर गस्ती

Kumari bank ad

काठमाडौ । दशैं, तिहार छठ पर्वका समयमा राजधानीको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त, त्रुटिरहित र मजबुत बनाउन प्रहरीले कुकुरको परिचालनदेखि पैदल गस्ती, सवारी गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती र मोटर गस्ती गरिने भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरी सुरक्षाका लागितीन चरणको सुरक्षा योजना अवलम्बन गर्ने जानकारी दिएको हो ।

चाडपर्वमा जनतालाई सुरक्षा दिलाउन र विदेशबाट घर फर्कने एवं काठमाडौँ उपत्यकाबाट गन्तव्यमा जाने यात्रु समेतलाई पूर्ण सुरक्षाको सुनिश्चितता दिलाउन सुरक्षा रणनीति तय गरिने पनि प्रहरीले जानकारी दिएको छ ।

परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार चाडपर्वका लागि चार हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

चोरी, जुवातास, गुन्डागर्दी, पाकेटमारी नियन्त्रण गर्न राजधानी भित्रिने र बाहिरिने नाका, अर्थिक कारोबार हुने स्थान, ठूला पसल, गहना पसल, दशैं बजारलगायत स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने छ ।  बढी भाडा असुल्ने, अत्यधिक यात्रु राखी सवारी साधन चलाउने, मिठाइ तथा खाद्य पदार्थमा हुने मिसावटको अनुगमन तथा नियन्त्रणसमेत प्रहरीले तीव्र पार्ने छ ।

यात्रुलाई सहज यात्रा गर्न र सुविधा दिन सुन्धारा, गौशाला र नयाँ बसपार्कमा दुई दुई स्थान तथा कोटेश्वर, बल्खु, कलङ्की र बालाजुमा एक एक स्थानमा गरी नौ स्थानमा प्रहरीको सहयोग कक्ष खडा गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार १९:२० मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...