back
NMB ad

४ अर्ब ४५ करोडको सेयर कारोबार, एभरेष्ट बैंक अग्रस्थानमा !

Kumari bank ad

काठमाडौं । साताभरमा नेप्सेमा १ सय ५८ कम्पनीहरुको शेयर कारोबार भएको छ, जस अनुसार २४ हजार ७ सय ९४ कारोबारबाट ४ अर्ब ४५ करोड ३ लाख २८ हजार रुपैंयाँ बराबरको ५२ लाख ९२ हजार १ सय ६० कित्ता शेयर किनबेच भएको छन् । जुन रकम गत साताको भन्दा २१ दशमलव २७ प्रतिशतले कम हो । गत साता १ सय ५२ कम्पनीहरुको कारोबार बाट २३ हजार ८ सय ८५ कारोबारबाट ५ अर्ब ६५ करोड ४६ लाख ५८ हजार रुपैंयाँ बराबरका ६२ लाख ३९ हजार ७ सय ५० कित्ता शेयर किनबेच भएका थिए ।

त्यसैगरी कारोबार रकमका आधारमा यो साता एभरेष्ट बैंक अग्रस्थानमा रह्यो, जसको ५३ करोड १ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी नेपाल बंगलादेश बैंकको ४१ करोड ४ लाख ६० हजार रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको २२ करोड ८६ लाख ६० लाख रुपैयाँ, सिद्धार्थ बैंकको २० करोड ९८ लाख ३० हजार रुपैंयाँ र सनराइज बैंकको १८ करोड ३१ लाख रुपैंयाँ बराबरको शेयर कारोबार भएका छन् ।

त्यसैगरी साताभर ५ दिनको कारोबार भएकोमा सेयर संख्याको आधारमा नबिल ब्यालेन्स फन्ड १ अग्रस्थानमा रहेको छ, जसको ५ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा १ हजार ९ सय ८७ वटा नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

नेप्सेमा रिलायन्स फाइनान्स लि को बोनस शेयर ७ लाख ४२ हजार ८ सय ५७ कित्ता, प्रभु बैंकको हकप्रद शेयर ६४ लाख १७ हजार ७ सय ७० कित्ता, सिटिजन्स बैंक इन्टरनेशन बैंकको हकप्रद शेयर १ करोड ६८ लाख ५८ हजार ७ सय ८६ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको बोनस शेयर ५६ लाख ४२ हजार ६ सय ४८ कित्ता सुचिकृत भएको छ ।

प्रकाशितः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार ११:२५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...