back
NMB ad

सडक दुर्घटना न्यूनिकरण हाम्रो दायीत्व भन्दै मजदुरहरु नै जागरुक

Kumari bank ad

लुम्बिनी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी अन्चल कमिटीले सडक दुर्घटना न्युनिकरण हाम्रो आफ्नै दायित्व भएको भन्दै मजदुरहरुलाई जागरुक पार्ने काम गरेका छन् ।
बुटवलमा एक अन्तक्रिया कार्यक्रम गरि स्थानिय प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख यातायात व्यवस्था कार्यालयका प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्थानिय राजनैतिक दलका प्रतिनिधि, यातायात व्यवसायी संघ संस्थाका प्रतिनिधि र नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का प्रतिनिधि तथा यातायातका क्षेत्रका अगुवा तथा मजदुरलाई भेला गराई उक्त सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रमको मजदुर संगठन जिफण्टका उपाध्यक्ष गोमा आचार्यले उद्घाटन गरिन् । कार्यक्रमको अध्यक्षता गरेका कृष्ण कंडेललेसडक दुर्घटनामा सवारी चालक वा अन्य मजदुरहरुले बहन गर्नुपर्ने जिम्मेवारीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्रमार्फत सवारी प्रयोगकर्ता, सवारी चालक, यात्रुहरु र सवारीधनीले आ–आफ्नो स्थानबाट जिम्मेवार भएर सचेत बन्ने हो भने अधिकाँस दुर्घटना आँफैं हट्ने विषय राखेका थिएन ।

कार्यक्रमका विशेष अतिथी संगठनका उपाध्यक्ष अर्जुन अर्यालले कानुनलाइ कार्यान्वयन गर्ने पक्ष नै दुर्घटनाको कारणप्रति बेखवर बन्ने गरेका कारण निर्दोष मानिसहरुले अनाहकमा ज्यान गुमाउनुपर्ने र सजाय भोगी रहनु परेको आरोप लगाए । उनले भने, ʽकानुनका ठेली काखमा च्यापेर बस्ने अनि बजार हल्लाको पछाडी मात्रै दौडिने बानीले सोझालाइ सुलि र चोरलाइ चौतारोको उखान चरितार्थ भएको छ । प्रहरी प्रसाशनले कारबाही गर्छु भनेर सिकारिले बल्छी थापेर माछा कुरे जस्तो गर्ने हो भने मृत्यु दण्डको सजाय कानुनमा राखेपनी सवारी दुर्घटना कम हुदैन ।ʼ भौतिक पुर्वाधार बेगरको सडक, सडकमाथिको अतिक्रमण नहटेसम्म र सडक शान्ति क्षेत्र नबनेसम्म सडक दुर्घटना न्यूनिकरण नहुने उनले बताए ।

कायक्रममा सहभागीहरुले शैक्षिक योग्यताको प्रमाणपत्रले मोटर नचल्ने भन्दै पूर्व गृहमन्त्री माधव घिमिरेको शैक्षिक योग्यता नभएर घोप्टेभिरबाट गाडी खसेको हो भनेर प्रतिप्रश्न गरेका थिए । सरकारले एसएलसी पास भएकालाई मात्र भनेर ड्राईभर खोज्नु गलत भएको उनीहरुको टिप्पणी थियो ।

कार्यक्रममा अंचल सचिव रामचन्द्र बस्यालले सडकमा निर्माण सामाग्री थुपारेर सडक पुरै अवरुद्ध हँुदा चासो नराख्ने ट्राफिक प्रहरी र प्रसाशनले एउटा यात्रु ओराल्दा र चढाउँदा ड्राइभरको लाइसेन्स खोस्नु कहाँसम्म न्याय हो भनेर प्रश्न गरेका थिए ।
कार्यक्रममा सहभागी सरकारी निकायका पदाधिकारी र प्रहरी प्रशासनले सडक पूर्बाधार विकासमा समयमै ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मितिः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १३:०६ मा प्रकाशित

You can share this post!

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...