back
NMB ad

“पौष्टिक आहार पाउन थालेपछि वद्यार्थीको सङ्ख्यामा बृद्धि”

Kumari bank ad

जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयमा पौष्टिक आहार पाउन थालेपछि विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ ।

पौष्टिक आहारकै कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो ।

‘शिक्षाका लागि खाद्य कार्यक्रम’बाट जिल्लाका ३४ हजार बालबालिका लाभान्वित भएका छन् । शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ जाजरकोटका अनुसार, यो कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न १८ गाविसका बाल विकास, प्रावि र निमाविमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

विद्यालयमा विद्यार्थीलाई नियमित उपस्थित गराउन ग्रामीण भेगका विद्यार्थीको खाजास्वरुप नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पौष्टिक आहार कार्यक्रम सञ्चालन भइरहेको छ ।

जाजरकोटका १८ गाविसमा आठ वटा वितरण केन्द्रमार्फत २३१ विद्यालयमा पौष्टिक आहार वितरण भइरहेको शिक्षाका लागि खाद्य इकाइ प्रमुख रविन्द्रमानसिहं भण्डारीले बताउनुभयो ।

शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति अन्य विद्यालयभन्दा दोब्बर हुने गरेको छ । गत वर्षसम्म बाल विकास र प्राविमा मात्र दिइने पौष्टिक आहार गत जेठ महिनाबाट निमाविमा पनि सो कार्यक्रम लागू गरिएको छ ।

वालविकासतर्फ पाँच हजार ४४ विद्यार्थी, प्रावितर्फ १९ हजार २९६ र निमावितर्फ नौ हजार ६६० विधार्थी गरी कुल ३४ हजार बालबालिकाले शिक्षाका लागि पौष्टिक आहारबाट लाभान्वित भएको खाद्य इकाइ प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाका १९ बालविकास, १६६ प्रावि र ४६ निमावि गरी २३१ विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएको छ ।

कार्यक्रमबाट आव २०७३÷०७४ मा ४६१ मेट्रिकटन सिएएसवि पिठो, ६८ मेट्रिकटन चिनी र ६८ मेट्रिकटन तेल जिल्लामा आउने इकाइ प्रमुख भण्डारीको भनाइ छ ।

कार्यक्रम अन्तर्गत एउटा विद्यार्थीलाई प्रतिदिन १० ग्राम पिठो, १० ग्राम चिनी र १० ग्राम तेलका दरले उपलब्ध गराईरहेको शिक्षाका लागि खाद्य इकाइ जाजरकोटले जनाएको छ । उक्त खाद्य कार्यक्रमको गोदाम जाजरकोटमा छैन् । सल्लेरी बजारको गोदामबाट जिल्लाको विभिन्न क्षेत्रमा वितरण गरिएको छ ।

तत्काल जिल्लामा गोदामको व्यवस्था गर्ने र त्यसका लागि कोठा खोजिरहेको शिक्षाका लागि खाद्य इकाइ प्रमुख भण्डारीले बताउनुभयो ।

पौष्टिक आहार दुरुपयोग हुन नदिन स्रोत व्यक्ति र विद्यालय निरीक्षकलाई अनुगमनमा परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।

प्रकाशितः २०७३ असोज १५

वि.सं.२०७३ असोज १५ शनिवार १५:०१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...