काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सुचकमा भने दोहोरो अंकको सुधार आएको छ । आज बजार साढे १० अंकले बढ्न पुगेको हो । दिनभरीमा १३५ कम्पनीका ८८ करोड ७० लाख रुपैयाँको किनबेच भएको छ ।
आज विशेष गरी बिमा सुचक २३७ अंकले उक्लिएपछि बजार उकालो लागेको हो । बैंकिङ ५।२२, अन्य ६।३६ र फाइनान्स एक अंकभन्दा पनि निकै कमले बढेको छ । तर आज आइतबार होटल साढे आठ, जलविद्युत साढे १३ र विकास बैक एक अंकभन्दा कमले झरेको छ ।
बजारमा शिखर इन्स्योरेन्सको ११ करोड ६७ लाख रुपैयाँको किनबेच भएको छ । यसपछि सनराइज बैंकको साढे नौं करोड र एनबी बैंकको नौं करोडको किनबेच भएको छ ।
१६ असोज २०७३, ३।००
वि.सं.२०७३ असोज १६ आइतवार १५:४८ मा प्रकाशित