काठमाण्डौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई ७५ करोड छ लाख ७५ हजार सात सय ६२ रुपैयाँ बराबरको वोनस सेयर दिने भएको छ । बैंकको आइतबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले उक्त वोनस सेयर र कर प्रयोजनका लागि तीन करोड ९५ लाख नौ हजार दुई सय ५१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो ।
वोनस वितरण गरेपछि बैंकको चुक्ता पूंजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार पुगेको जानकारी दिइएको छ ।
साथै नेपाल राष्ट्र बैंकको निर्देशन वमोजिम बैंकको चुक्ता पूंजी रु. ८ अर्व पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूंजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०ः२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।
प्रकाशितः २०७३ असोज १७
वि.सं.२०७३ असोज १७ सोमवार ११:०८ मा प्रकाशित