back
NMB ad

नयाँ गाडी थपिदा उपत्यकामा जाम

Kumari bank ad

काठमाडौं। दशैं सुरु भएसँगै सवारीसाधनको चाप बढ्दा राजधानीमा जामको सकस बढेको छ । मुख्य चोक मात्र नभई चक्रपथ खण्डमा समेत जाम हुन थालेको छ । सामान्य अवस्थामै उपत्यकामा जामको समस्या हुने गथ्र्यो ।

पछिल्लो समय ३० प्रतिशत गाडी थपिएपछि समस्या झन् बढेको छ । ‘दसैंका लागि बुक भएका पाँच हजार गाडी थपिएका छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी प्रकाश अर्यालले भने, ‘किनमेलका लागि सबै गाडी बाहिर निस्किएकाले बजार क्षेत्रमा जाम बढेको हो ।’

न्युरोड र त्यस आसपासका सडकमा धेरै जाम हुने गरेको छ । पहिलेदेखि नै धेरै जाम हुने त्रिपुरेश्वर, टेकु सडकमा लामो समयसम्म गाडीहरू जाममा फस्ने गरेका छन् । त्यस्तै, थापाथली, माइतीघर र लैनचौर क्षेत्रमा धेरै जाम हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । ‘क्रसिङमा रोकिनु जाम होइन,’ डिआइजी अर्यालले भने, ‘त्यसबाहेक केही सडकखण्डमा १०–१५ मिनेट जाम हुने गरेको छ ।’ नयाँ गाडी थपिनु, बजारमा किनमेलको चहलपहल बढ्नु र दशैंका लागि उपत्यकाबाहिरका गाडी पनि भित्रँदा जाम बढेको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रकाशितः २०७३ असोज १८

वि.सं.२०७३ असोज १८ मंगलवार १०:४२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...