back
NMB ad

६० वर्षीय महिलाले जुम्ल्याह बच्चा जन्माएपछि ….

Kumari bank ad

काठमाण्डौं । अमेरिकाको इन्डियाना राज्यमा एउटी ६० वर्षीय महिला पहिलोपल्ट आमा बनिन्। त्यो पनि उनले दुई वटा बच्चालाई एकैपल्ट जन्म दिएर।

क्लाइन्डेट कुक नाम गरेकी यी ६० वर्षीय महिलाले गत आइतबार जुम्ल्याह बच्चालाई जन्म दिएकी थिइन्। दुबै बच्चाको तौल ५ पाउन्ड भएको बताइएको छ। कुक दम्पत्ती गत वर्षदेखि आफ्नो परिवार बनाउने निस्कर्षमा पुगेका थिए।

यसका लागि उनीहरूले आइवीएफ विशेषज्ञको सल्लाह लिएका थिए। क्लाइन्डेटको उमेर ६० वर्षको भएको हुनाले चिकित्सकले उनलाई आमा बन्न प्रोत्साहित गर्ने कुरामा कमै विश्वास गरिएको थियो। तर, मेडिकल चेकअपपछि चिकित्सकको विशेषज्ञ टोलीले आमा बन्न उनलाई स्वीकृति प्रदान गरेको थियो।

क्लाइन्डेटका श्रीमान रोस कुकले आफ्नो पत्नी आमा बनेको विषयमा खुसी व्यक्त गर्दै भने, ‘पहिले आइज्याक(छोरा) जन्मियो। त्यसपछि आइज्याह जन्मिन्।’ उनले जुम्ल्याह बच्चा जन्माएपछि पत्नी क्लाइन्डेट खुसीले रुएको बताउन भुलेनन्। ‘मलाई रुन मन लाग्यो। त्यो क्षण निकै आनन्दको थियो,’ उनले भनिन्।

प्रकाशितः २०७३ असोज १८

वि.सं.२०७३ असोज १८ मंगलवार १६:२८ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...