काठमाण्डौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
यसका साथसाथै बोनसमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले २.६३ प्रतिशत नगद लाभांश दिनेछ । तर यी दुबै निर्णय राष्ट्र बैंक र साधारण सभाबाट भने अनुमोदन हुन बाँकी छ ।
मिर्मिरे माइक्रोफाइनान्सको चुक्ता पुँजी दुई करोड रूपैयाँ छ । ५० प्रतिशत बोनस सेयर दिएपछि चुक्ता पुँजी तीन करोड रूपैयाँ पुग्नेछ । कम्पनीले गत आर्थिक वर्ष एक करोड १३ लाख ३९ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्मको कमाई अनुसार यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ५६.७० रूपैयाँ छ ।
१९ असोज २०७३, ११।००
वि.सं.२०७३ असोज १९ बुधवार ११:३६ मा प्रकाशित