काठमाण्डौं । सुनको मूल्य बुधबार एकैपटक ११ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ५६ हजार ४ सय ५० रुपैयाँमा किनबेच हुँदैछ ।
सुन मंगलबार तोलामा ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटले नेपाली बजारमा सुन सस्तिएको महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी बुधबार तोलाको ३० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।
१९ असोज २०७३, ११।००
वि.सं.२०७३ असोज १९ बुधवार १३:०७ मा प्रकाशित