दशैंमा सुनको भाउ तीन हजार घट्यो, किन्ने हैन त !

काठमाडाैं, असाेज २२
पछिल्लो दुई सातामा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको छ । असोज ९ गते ५९ हजार रुपैयाँ तोलामा कारोबार भएको सुन लगातार घटेर शुक्रबार ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दुई साताको बिचमा गएको बुधबार एकै दिन सुन तोलामा ११ सय रुपैयाँले घटेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । यस्तै चाँदी ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०७३ असोज २२ गते १२:१६ मा प्रकाशित

You can share this post!

घोप्टे भीरमा घिमिरेको शव भेेटियो

रबिना देशराजलाई ५ प्रश्न : कस्तो छ बैंकरको दशैं तयारी !

Related posts