back
NMB ad

दशैं लाग्यो, किनमेल गर्दै हुनुहुन्छ, नठगिन यसो गर्नुस् !

Kumari bank ad

काठमाण्डौं । दशैं नयाँ लुगा लगाउने तथा मिठो खाने पर्वक रुपमा पनि चिनिन्छ । यही भएकाले अहिले किनमेलमा व्यस्त हुने समय पनि हो । चाडबाड नजिकिँदै जाँदा हरेक घरमा के सामान कहाँ खरिद गर्ने भन्ने चर्चा सुरु भइसकेको छ ।

लामो बिदा र साथीभाइ तथा आफन्तसँग भेटघाट हुँदा के गर्ने, कसरी रमाइलो गर्ने, कहाँ घुम्न जाने, कस्तो ड्रेसअप गर्नेदेखि घरको सजावट कस्तो गर्नेसम्मको सल्लाह सुरु भइसकेको छ ।

धेरै सामान एकैपटक खरिद गर्नुपर्ने भएकाले यस्तोमा विक्रेताले मौकाको फाइदा उठाउन सक्छन् । अत्यावश्यक सामान लुकाएर कालाबजारी गर्नेदेखि स्टक क्लिरेयन्सको नाममा काम नलाग्ने सामान बिक्री गर्न विक्रेता यस्तै समयको पर्खाइमा हुन्छन् । यस्तोमा सामान्य उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ । सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ताले ध्यान दिनुपर्ने विषयबारे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठको सुझाब यस्तो छ ।

चाडबाडमा उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री बिक्री गर्न नेपाल सरकारका तर्फबाट उपत्यकाका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । त्यस्तै, मोबाइल टिम मिलाएर विभिन्न स्थानमा गाडीमार्फत घुम्ती पसल पनि सञ्चालन भइरहेको छ । यस्तो पसलमा सामान खरिद गर्दा उपभोक्ताले गुणस्तरीय सामान सस्तो मूल्यमा प्राप्त गर्न सक्छन् ।

आफूले सामान खरिद गर्दै गरेको पसल सरकारी निकायमा दर्ता भएको छ–छैन थाहा पाउन प्रमाणपत्र सबैले देख्ने स्थानमा राखेको छ–छैन हेर्नुपर्छ । दर्ता गरेर सञ्चालन भएको पसलमा अनुगमन हुने कारण ठगिने सम्भावना कम हुन्छ । आफूले खरिद गर्न थालेको सामग्रीमा एमआरपी उल्लेख गरिएको हुनुपर्छ । लिखित रूपमा जानकारी नभएको अर्थात् लेभल नभएको सामान खरिद नगर्दै राम्रो हुन्छ ।

सामानको प्याकेटमा लगाइएको लेबलमा नाम, उत्पादन मिति, उपभोग मिति, मिश्रण गरिएका पदार्थ, उद्योगको पूरा ठेगानाजस्ता विवरण उल्लेख गरिएको हुनुपर्छ ।

खुला रूपमा बिक्री गर्ने खाद्य सामग्री जुन बोराबाट निकालिएको हो त्यसमा सम्पूर्ण विवरण उल्लेख गरिएको छ–छैन ख्याल राख्नुपर्छ । सामग्री खरिद गर्दा विभिन्न पसलको मूल्य तुलना गर्दा राम्रो हुन्छ । एउटै पसलमा सबै सामग्री किन्नुपर्छ भन्ने छैन । जुन सामान जहाँ सस्तो पर्छ त्यहीँ किन्दा मिहिनेतको कमाइ बचत गर्न सकिन्छ ।

विक्रेताको सम्पर्क तथा लगानीअनुसार उनीहरूको खरिद मूल्य पनि फरक–फरक पर्न सक्छ । जसले गर्दा बिक्री मूल्यमा केही तल–माथि पर्न सक्छ । त्यसैले बजार बुझ्दा फाइदाजनक नै हुन्छ । आफूले खरिद गर्ने हरेक सामग्रीको बिल लिन भने बिर्सनुहुँदैन ।

बिल लेनदेन गर्ने बानीले कुनै कैफियत देखिएमा समाधान गर्न सजिलो बनाउँछ । साथै, गुणस्तरीय सामान उचित मूल्यमा प्राप्त गर्न पनि सजिलो बनाउँछ । कुनै कारणवश आफू ठगिएको महसुस भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइहाल्नुपर्छ । सामान खरिद गर्दा बजारमा चलेको ट्रेन्ड, फेसन तथा मोडलमा पनि विशेष ध्यान दिनुपर्छ । कहिलेकाहीँ सस्तो पायो भनेर खरिद गर्दा मोडल तथा फेसन आउट सामग्री परेर समस्या सिर्जना हुन सक्छ ।

– लक्ष्मण श्रेष्ठ, निर्देशक एवं प्रवक्ता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग

वि.सं.२०७३ असोज २३ आइतवार १६:४५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...