back
NMB ad

अमेरिकी राष्ट्रपतीका उम्मेद्वार ट्रम्पको अर्को यौन काण्ड सार्वजनिक

Kumari bank ad

एजेन्सीः अमेरिकन राष्ट्रपतीय चुनावका रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्पको चुनावी अभियानको तिब्रतासंगै एक पछि अर्को काण्डहरु पनि सार्वजनिक हुन थालेको छ । उनको पछिल्लो काण्ड एक महिलालाई विमान भित्रै दुव्र्यवहार गरेको सार्वजनिक भएको छ ।
सन् २००५ मा ट्रम्पले महिलाका विषयमा अश्लिल शब्द बोलेको भनेर उनको पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेका बेला ट्रम्पको अर्को महिला हिंसाको घटना सार्वजनिक भएको हो ।

पछिल्ला दिनमा ट्रम्पको हिंसामा परेका महिला खुल्न थालेका छन् । अमेरिकी सञ्चार माध्यमले ट्रम्पको हिंसामा परेका महिलालाई खोजी खोजी स्टोरी गर्न थालेपछि उनको चुनाव यात्रामा अवरोध सिर्जना हुन थालेको छ । यसको फाइदा डेमोक्याटिक पार्टीकी राष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनले लिइराखेकी छिन् ।

पार्टी भित्रबाटै ट्रम्पको चरित्रमाथि प्रश्न उठाउदै शीर्ष नेताले मत नदिने घोषणा गरेको अवस्थामा पुनः महिला हिंसा सम्बन्धी नयाँ तथ्य सार्वजनिक भएको हो ।

एक महिलाले ट्रम्पले विमानभित्रै आफ्ना शरीरका संवेदनशील अंगमा हात पुर्याएको बताएको खबरले अमेरिकन मिडियामा हंगामा मच्चिएको छ ।

ट्रम्पले चलिरहेको विमानमा दुव्र्यवहार गरेकी ७४ वर्षीया महिला जेसिका लिड्सले न्युयोर्क टाइम्ससँग भनेकी छिन्, ‘न्युयोर्कका लागि उडेको विमानको प्रथम श्रेणीको क्याबिनमा थिएँ । ट्रम्पले कुम उचालेर मलाई छुन सुरु गरे ।’

त्यत्तिबेला उनी ३८ वर्षकी थिइन् । ट्रम्पले उनलाई सामान्य तरिकाले छुन मात्र नखोजेर संवेदनशील अंगसमेत समातेको खुलासा गरेकी छिन् । ‘उनी एक अक्टोपसजस्तै थिए, उनका हात मेरो शरीरका हरेक ठाउँमा थिए,’ लिड्सले भनेकी छिन्, ‘त्यो एउटा हमला थियो ।’

त्यस्तै, अर्की एक अमेरिकन महिला रैचल क्रुक्सले समेत ट्रम्पले आफूलाई दुव्र्यवहार गरेको बताएकी छिन् । एक कम्पनीकी रिसेप्सनिस्ट महिलाले ट्रम्पले लिफ्टमा चुम्बन गरेको बताएकी हुन् ।

ट्रम्पले दुव्र्यवहार गरेकी रैचल त्यत्तिबेला २२ वर्षकी थिइन् । उनी ट्रम्प टावरमा बायरक ग्रुपको रियल स्टेट इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको रिसेप्सनको रुपमा काम गर्थिन् ।

न्योयोर्क टाइम्स सँग रैचलले भनेकी छिन्, ‘उसले सिधै मेरो मुखमा चुम्बन गर्यो । यो हिंसा हो भन्ने महसुस हुन्छ, म निरीह थिएँ, उसले मलाई त्यहाँ जे पनि गर्न सक्थ्यो ।’ स्रोत : अन्नपूर्ण पोस्ट 

२७ असोज २०७३

वि.सं.२०७३ असोज २७ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...