back
NMB ad

बहस : दशैं धर्म कि संस्कृति ?

Kumari bank ad

दशैंको टीका लगाउने वा नलगाउने भन्ने विषयमा माओवादी केन्द्र भित्र चलिरहेको बहसले धर्म के हो ? संस्कृति के हो ? भन्ने विषयमा छलफल आवश्यक देखिएको छ ।
वर्तमान समयमा धर्म र संस्स्कृति एकअर्कामा जोडिएर बसेका कारणले दुवैलाई एकै ठान्ने प्रचलन नभएको होइन । तर संस्कृति धर्मभन्दा विस्तृत र व्यापक कुरा हो । जतिवेला धर्मको विकास भएको थिएन त्यतिवेला संस्कृतिको जन्म भइसकेको थियो । भनिन्छ मान्छे जन्मदा संस्कृति विहिन हुन्छ तर उसको जन्म निश्चित संस्कृतिमा हुन्छ र त्यसले उसको जीवन पद्धतिको निर्माण गर्दछ । त्यसैले संस्कृति मानव समुदायको जीवन पद्धति पनि हो ।
निश्चयनै उत्पादन पद्धतिको विकाससंगै संस्कृति पनि परिमार्जन हुँदैजान्छ । हाम्रा धार्मिक तथा सांस्कृतिक परम्परा पनि समय क्रममा बदलिदै गएका छन् । बदलिँदै जानेछन् । तर संस्कृति विहिन समाजको कल्पना गर्न सकिँदैन । दशैसंग धेरै धार्मिक सामाजिक मिथक अवश्य जोडिएका छन् । तर यसलाई पृथ्वीनारायण शाहको विजययात्रासंग जोडेर हेर्ने दृष्टिकोण पुर्णतः गलत हो । दशैँ वहिस्कार सोही गलत दृष्टिकोणको परिणाम हो ।
मेरो वुझाईमा धर्मसंग दशैँ जोडिनु पूर्व नै अन्नपुजाको रुपमा दशैं पर्वको विकास भएको हुनु पर्दछ । चामलको अक्षता लगाउने र गहु वा मकैको जमरा लगाउने प्रचलन नेपालको मौलिक सांस्कृतिक विशेषता हो । जुन दुर्गाको विशेष पुजा गर्ने वंगाली समुदाय र रामलाई आदर्श पुरुष ठान्ने हिन्दु परम्परामा समेत त्यो प्रचलन छैन । यो कुरालाई गहिरो गरी अध्यन गर्नु आवश्यक छ । संस्कृति वहिन राज्य र समाजको कल्पना गर्न सकिँदैन । मार्क्सवादी सिद्धान्तकारहरुले पनि यो सत्यलाई मान्दै आएका छन् ।

एमाले नेता शंकर पोखरेलको फेसबुकबाट

२८ असोज २०७३

वि.सं.२०७३ असोज २८ शुक्रवार १२:४७ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...