back
NMB ad

होशियार ! नक्कली साँचो बनाई गाडी लैजाला…

Kumari bank ad

भक्तपुर । तपाईले आफ्नो सवारी पार्किङ गराउँदा होस पुर्याउनुहोस् । नत्र नक्कली साँचो बनाएर तपाईको गाडी अर्कैले लैजान पनि सक्छ ।
भक्तपुरमा यस्तै एउटा घटना सार्वजनिक भएको छ । विगत चार महिनादेखि पार्किङ गरिरहेका विभिन्न सवारी साधनको नक्कली साँचो बनाई अन्यत्र लैजाने कार्य गर्दै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि यो विषय बाहिर आएको छ ।

गत असार महिनादेखि नै भक्तपुर नगरपालिका क्षेत्रभित्र पार्किङ गरी राखिएका १० वटा निजी, सरकारी कार्यालय, अस्पताल लगायतका कार, जिप, मिनीट्रक, एम्बुलेन्स, शववाहनलगायतका सवारी साधन नक्कली साँचो प्रयोग गरी पार्किङ गरिएको स्थानबाट अन्यत्र लगेर छाडी सवारी धनीलाई दुःख दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–८ सुकुलढोका बस्ने २६ वर्षीय राजेन्द्रभक्त श्रेष्ठ छन् । उनले बा २ च ९०६६ नं को पजेरो जिप दरबार स्क्वयरबाट नक्कली साँचोको प्रयोग गरि अन्यत्र लैजान लाग्दा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले बताए ।

प्रकाशित मितिः २०७२ असोज ३०

वि.सं.२०७३ असोज ३० आइतवार ०९:३३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...