back
NMB ad

सेयर र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बारेमा कति थाहा छ तपाईलाई ? जान्नुहोस् केही कुरा !

Kumari bank ad

नेपाल स्टक एक्सचेन्जमा नौं वटा समूहमा २३२ वटा कम्पनीको सेयर सुचिकृत छन् । नेप्सेमा २८ बाणिज्य बैंक, चार दर्जन फाइनान्स कम्पनी, चार होटल, १८ उत्पादनमूलक कम्पनी, दुई अन्य समूह, जलविद्युत् कम्पनी, व्यापार कम्पनी, बिमा कम्पनी र विकास बैंक तथा लघुवित्त विकास बैंकका सेयरहरु सुचिकृत छन् । म्युचअल फन्डको इकाइ समेत सुचिकृत छन् ।

नेपाल स्टक एक्सचेन्ज स्थापना भएको ३२ बर्ष पुरा भइसकेको छ । धितोपत्र दलालमार्फत कारोबार सुरु भएको २२ बर्ष पुरा भएको छ । नेप्सेको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । कम्पनीमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसी डेभलपमेन्ट बैंकको ६.१२ प्रतिशत र सेयर ब्रोकरहरुको ०.६२ प्रतिशत सेयर लगानी छ ।

नेपालको सेयर बजार इतिहासमा पहिलो सेयर निस्कासन विराटनगर जुट मिल्सको भएको थियो । नेप्सेले ओभर द काउन्टर (ओटिसी) कारोबार पनि खुला गरेको छ । नेपाल बैंकको पहिलो ओटिसी कारोबार भएको थियो ।

सेयर बजारलाई नियमन धितोपत्र वोर्डले गर्छ । वोर्डले नेप्सेलाई पनि नियमन गर्छ । नेप्से र वोर्ड मिलेर सुचिकृत कम्पनीहरुको नियमन तथा सुपरिवेक्षण गर्ने काम गर्छन् । अब नयाँ नियामक तथा प्लेटफर्मका रुपमा नेप्सेकै सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ पनि थपिएको छ । यसले सुचिकृत कम्पनीको अभौतिक सेयरको राफसाफ गर्छ । २०७२ माघ १ गतेबाट सबै कम्पनीको सेयर विद्युतीय प्रणाली मार्फत हुने व्यवस्था भएको हो ।

नेप्सेमा २३२ कम्पनीको सेयर सुचिकृत भए पनि डिम्याट गर्न योग्य भने १९२ कम्पनी छन् । यि सुचिकृत सबै कम्पनीको सेयरमध्ये करिव ९८ प्रतिशत सेयरहरु विद्युतीय प्रणालीमा कारोबारका लागि डिम्याट भइसकेको छ । सेयर कारोबारका लागि ५० वटा धितोपत्र दलालहरुले अनुमति पाएका छन् ।

सेयर बजारलाई स्थायित्व दिनका लागि धितोपत्र वोर्डले सामूहिक लगानी कोषहरु सञ्चालनका लागि स्वीकृति दिन थालेको छ । पहिलो कम्पनी सिद्धार्थ क्यापिटल हो । बाणिज्य बैंकहहरुको सहायक कम्पनीका रुपमा अहिलेसम्म ६ वटा सामूहिक लगानी कोष कम्पनी सञ्चालमा आइसकेका छन् ।

धितोपत्र वोर्डले तीन करोड रुपैयाँभन्दा माथिको सेयर निस्कासन गर्नु पर्दा अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । यसका लागि छुट्टै कम्पनी इक्रा नेपाल नामक कम्पनी सञ्चालनमा आएको छ । धितोपत्र वोर्डको पहलमा सर्वसाधारणको पहुँचभित्र मार्केट डेप्थ आएको छ । अब नेप्सेको साइटमा हेर्न सकिन्छ ।

सेयरको निस्कासन तथा विक्री प्रबन्धकको काम गर्न अहिलेसम्म १८ वटा कम्पनीले मर्चेन्ट बैंकरको अनुमति लिएका छन् । बैंकहरुले पनि मर्चेन्ट बैंकिङगर्न छुट्टै कम्पनी खोल्न थालेका छन् ।

सेयर बजारले अहिलेसम्मकै उच्चतम विन्दु १८८१६ अंक कायम भएको छ । यसअघि २०६५ भदौ १५ गते उच्चतम विन्दु ११७५ अंकमा नेप्से पुगेको थियो । सात बर्षपछि नेप्सेले नयाँ रेकर्ड कायम गर्यो । यस बर्ष विकास बैंक सुचकले बाणिज्य बैंक सुचकलाई पहिलो पटक उछिनेको छ । लघुवित्त विकास बैंकहरुको सेयर मूल्य ह्वात्तै वढेपछि बाणिज्य बैंक सुचक तल परेको हो ।

सेयर बजारमा सुचिकृत कम्पनीहरुमध्ये १२.५ प्रतिशत हिस्सा बाणिज्य बैंकहरुको छ । विकास बैंकहरुको ४१.३८ प्रतिशत, वित्त कम्पनीको २१।९८ प्रतिशत, बिमा कम्पनीको ९.४८ प्रतिशत बजार हिस्सा छ । यसैगरी उत्पादन तथा प्रशोधन कम्पनीको  ७.७६ प्रतिशत, होटलको १.७२, व्यापार कम्पनीको १.७२, जलविद्युत्को २.५९ र अन्य समूहको ०.८७ प्रतिशत हिस्सा छ । राष्ट्र बैंकबाट स्वीकृति पाउने बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा कुल बजारको ७५.८६ प्रतिशत छ ।

३० असोज २०७३, बिजमाण्डु, ११.००

वि.सं.२०७३ असोज ३० आइतवार १४:३९ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...