back
NMB ad

यातायात मजदुरको क्षमता विकाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिम नेपालमा सुरु

Kumari bank ad

काठमाडौ । काठमाडौमा यातायात मजदुरको क्षमता एवं नेतृत्व विकाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको तालिम सुरु भएको छ ।
अन्तर्राष्ट्रिय यातायात मजदूर महासंघ आईटिएफको आयोजनामा दक्षिण एशियाली देशका यायायात क्षेत्रका मजदूर तथा नेताहरुको सहभागीता सहित ३ दिने तालिम सुरु भएको हो ।
तालिमको नेपाली कांग्रेसका महामन्त्री एवं साँसद डा. शेखर कोइरालाले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै डा. कोईरालाले सडकमा गाडी कुदाउने मात्रै नभएर हवाईजहाज, रेल, पानी जहाज चलाउनेहरु पनि यातायात मजदुर नै भएको बताए । आईटिएफले सबैलाई संगठीत पार्दै तालिम प्रदान गर्नु सुखद रहेको भन्दै कार्यक्षमता विकास गर्ने यस किसिमको तालिमले शिप, क्षमता विस्तार गर्नमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए ।

कार्यक्रममा नेपाल यातायात मजदुर संघका अध्यक्ष अजयकुमार राईले सहभागी सबैलाई स्वागत गरेका थिए । त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इटवानका उपाध्यक्ष अर्जुन अर्यालले मजदुरको नेतृत्व विकासमा आईटिएफले नेपाललाई छनौट गरेर तालिम प्रदान गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले तालिममा सिकेको शिपलाई व्यवहारमा उतार्नेतर्फ ध्यान दिन सहभागीलाई आग्रह गरे ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका माया बेगा, नेपाल यातायात मजदुर संघका धर्मराज भण्डारी, आईटिएफ एसिया प्यासिफिक रिजन एजुकेसन एण्ड वुमन कोअर्डिनेटर निशी कपाही, आईटिएफका कार्यक्रम संयोजक अन्निका बार्निङ लगायतको सहभागीता रहेको छ ।

३ दिनसम्म चल्ने तालिममा नेपाल, भारत, बंगलादेश, श्रीलंका लगायत मुलुकका कुल ३५ जनाको सहभागिता रहेको छ ।

itf tranning in kathmandu.2

तालिमपश्चात् दक्षिण एसियाली मुलुकहरुका यातायात क्षेत्रका मजदुर संघ/संगठनहरुको नेतृत्व विकास महत्वपूर्ण सहयोग पुग्ने र एक आपसमा सहयोग आदान प्रदान गर्न सहज हुने अपेक्षा लिईएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक २

वि.सं.२०७३ कात्तिक २ मंगलवार १४:२८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...