बिहीबार सेयर बजारमा हरियाली, हेर्नुहोस के-केमा झुम्मिए ग्राहक !

काठमाडौ । दशैपछि खुलेको सेयर बजार राताम्मे भएपनि साताको अन्तिम दिन बिहिबार भने बजार परिसूचकमा हरियाली छाएको छ ।
परिसूचक ६ दशमलब ५८ अंकले उकालो लागेर १७९४ दशमलब ४७ अंकमा पुगेको छ । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ ।

बुधबारको तुलनामा बिहीबार करिब १५ करोड बढी रकमको सेयर कारोबार भएको छ ।

यसदिन १२६ कम्पनीको ७ लाख ८७ हजार ८ सय ५३ कित्ता सेयर ७० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यसदिन होटल, फाइनान्स र उत्पादन समूह बाहेक बाँकी समूहको परिसूचकमा हरियाली छाएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक ४

२०७३ कार्तिक ४ गते १९:५६ मा प्रकाशित

You can share this post!

अख्तियार प्रमुखको कुर्सीमा दीप बस्न्यात

नौलो पर्यटन,झोलुङ्गे पुलमा फोटो खिच्नकै लागि पनि पर्यटकको ओइरो

Related posts