back
NMB ad

अब उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा, चैत २६देखि कार्यकाल सम्हाल्ने !

Kumari bank ad

काठमाण्डौं ।  हिजो बिहिबार सम्पन्न विषेश साधारणसभाले महासंघको विधान २०४९ को संसोधन पारित गरेपछि निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा  भवानी राणा स्वतः पुग्ने बाटो खुलेको छ ।

विधानमा गरिएको संसोधन तत्काल कार्यान्वयनमा जाने भएको छ । संसोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागु हुनेछ । संसोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ।

नयाँ विधान अनुसार आगामी साधारणसभामा अध्यक्षको ठाउँमा वरिष्ठ उपाध्यक्षको चुनाव हुनेछ।  संसोधित विधानले महासंघको संरचना पनि परिवर्तन गरेको छ। मुलुक संघिय ढाँचामा गएको हुँदा त्यहि अनुरुप प्रदेश प्रमुखहरु पनि चयन गर्ने व्यवस्था विधानले गरेको छ। सम्बन्धित प्रदेशले नै आफ्नो प्रमुख चयन गर्नेछ।

भवानी राणा निजी क्षेत्रको सबै भन्दा ठूलो संगठन हाँक्ने पहिलो महिला नेतृ बन्ने भएकी छिन्। आउँदो चैतमा हुने साधारणसभा पछि उनी स्वतः अध्यक्ष बन्नेछिन्। आगामी चैत २६ पछि उनले कार्यभार सम्हाल्नेछिन्। नेपालगञ्जमा होटल चलाउने भवानीको बर्दियामा व्यवसायी खेतीवाली समेत रहेको छ। जिल्ला नगर समुहबाट महासंघको राजनीतिमा प्रवेश गरेकी उनी उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेकी हुन्।

५ कार्तिक २०७३, ११।००

वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:०० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...