सिटिजन्सको नाफामा उल्लेख्य बृद्धि, हेर्नुहोस् कति ? एनआइसी एशियाको पनि प्रगति !

काठमाण्डौं ।   सिटिजन्स बैंक इन्टरनेशलन र एनआइसी एशिया बैंकले चालु आर्थिक बर्षको पहिलो क्वार्टरमा आफ्नो नाफा विवरण प्रस्तुत गरेका छन् । दुबै बैंकको नाफा १० करोडभन्दा बढी रहेकोछ ।

सिटिजन्स बैंकले खुद मुनाफा १४१ प्रतिशतले बढाउन सफल भएको छ । बैंकले चालु आवको असोज सम्ममा ३४ करोड ५१ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको हो। बैंकको ब्याज आम्दानी २२ करोड रुपैयाँले बढेको छ भने ब्याज खर्च नौ करोड रुपैयाँ मात्र बृद्धि भएको छ। खुद ब्याज आम्दानी १३ करोड रुपैयाँले बढेको हो।

त्यस्तै, एनआईसी एसिया बैंकले २६ करोड १० लाख ४६ हजार रुपैयाँ नाफा कमाएको हो। गत आवको पहिलो क्वार्टरमा यो बैंकले १५ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी १९ करोड रुपैयाँले बढेको छ।

५ कार्तिक २०७३, १।००

२०७३ कार्तिक ५ गते १३:०५ मा प्रकाशित

You can share this post!

विकास बैंकले दिने भो करिब १२ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर !

बुद्धका १० उपदेश जसले तपाई-हाम्रो जीवनप्रतिको दृष्टिकोण बदलिदिन सक्छ

Related posts