back
NMB ad

लोकमानले पार्टीप्रति अराजनीतिक काम गरेकाले महाअभियोगः बामदेव

Kumari bank ad

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरेकाले महाअभियोग प्रस्तावको बाटो लिनुपरेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले मणिग्राममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गौतमले भने, “राजनीतिक पार्टीप्रति पूर्वाग्रही ढङ्गबाट संविधान र कानुन विपरीत प्रतिशोध साँध्ने षडयन्त्र गरेकाले कार्कीप्रति दलहरुको विश्वास डगमगाएको हो ।”

गौतमले मुलुकमा अहिले संविधान असफल बनाउने कोसिस भइरहेको आरोप लगाएका छन् । संविधान संशोधनका नाममा मधेस र पहाडलाई अलग गराउने र बहुराष्ट्र बनाउने प्रयास भइरहेको छ भन्दै  त्यस्तो प्रयासलाई एमालेले पूरा हुन नदिइने उनले बताए ।
उनले भने,“हिमाल, पहाड र तराई मिलाउने गरी संविधान संशोधनको प्रस्ताव आए त्यसलाई सघाउन एमाले तयार छ ।”

नेता गौतमले वर्तमान सरकार निर्वाचन गराउने दिशामा अघि नबढेको आरोप लगाउँदै संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुनैपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७३ कार्तिक ७

वि.सं.२०७३ कात्तिक ७ आइतवार १३:१२ मा प्रकाशित

You can share this post!

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...