सुरक्षित गर्नुहोस् बैंकले ल्यायो २५ प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद !

काठमाण्डौं । बुटवलमा केन्द्रिय कार्यालय रहेकोे तिनाउ विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै बैंकले बोनस वितरणपश्चात ३५ प्रतिशत हकप्रद सेयर समेत बिक्री गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।

बैंकको आज सोमबार सम्पन्न दशौँ वार्षिक साधारणसभाले २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरेको हो । हाल बैंकको चुक्तापुँजी २७ करोड ३० लाख रुपैंया रहेको छ । वोनस सेयर वितरण गरेपश्चात बैंकको चूक्ता पुंजी ३४ करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

साथै साधारणसभाले बोनस सेयर वितरणपश्चात् कायम हुने चुक्तापुँजीबाट ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । रुपन्देही, नवलपरासी र चितवन गरी ३ जिल्ला कार्यक्षेत्र भएको यस बैंकले केन्द्रिय कार्यालय सहित एघार वटा शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

९ कार्तिक २०७३,  १२।००

२०७३ कार्तिक ९ गते १३:१९ मा प्रकाशित

You can share this post!

तिहारका लागि आइसक्यो एक अर्बको ८१ लाख किलोभन्दा बढी ‘भाइ मसला’ !

नेप्सेमा कारोबार हुन नसकेको एनबी इन्स्योरेन्सको सेयर १८६० सम्ममा बिक्यो

Related posts