back
NMB ad

पूर्वप्रधानमन्त्री प्रचण्ड र वर्तमान प्रधानमन्त्री प्रचण्डको शिक्षामा…

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले ७५ वटै जिल्लामा कम्तीमा एउटा सरकारी क्याम्पस खोल्ने तयारी भएको बताएका छन् ।

कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापनपत्र पेस गर्न मंगलबार पुगेको सर्वपक्षीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्न सरकार लागिरहेको पनि उल्लेख गर्दै भने, “अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो । यसपटक शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्नुपर्छ भन्ने लागेको छ । सबै जिल्लामा कम्तीमा पनि एउटा सरकारी कलेज खोल्ने तयारी गरिएको छ ।”

उनले कृषि शिक्षामा लगानी नगरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिँदैन भन्दै कृषि क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउने विश्वास दिलाए । कञ्चनपुरको पुनर्वासमा राष्ट्रिय आवास कम्पनीको नाममा रहेको ६५ बिघा जमिन कृषि क्याम्पसका नाममा उपलब्ध गराउन प्रतिनिधिमण्डलले माग गरेको थियो ।

प्रतिनिधिमण्डलमा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता लेखराज भट्ट, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठ, कृषि क्याम्पस स्थापनार्थ तदर्थ समितिका संयोजक रामचन्द्र नेपाललगायत सहभागी थिए ।

प्रकाशित मितिः २०७३ कार्तिक ९

वि.सं.२०७३ कात्तिक ९ मंगलवार २०:०० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...