back
NMB ad

होस् गर्नुहोस्,सेयर बजारमा कम्पनी संचालक/कर्मचारीले यसरी गर्छन् चलखेल !

Kumari bank ad

हरिशरण न्यौपाने, काठमाडौ । हामीले सेयर कारोबारमा संधै सजग रहन तपाई लगानीकर्ताहरुलाई आग्रह गर्दै आएका छौं । तपाईले आफ्नो लगानी गर्दा विचार पुर्याउनुभएन भने आजको लगानी भोलिका लागि टाउको दुखाईको विषय बन्नपति सक्छ, त्यसैले लगानी टाउको दुखाईको विषय नबनोस्, सेयरबाट तपाई लगानीकर्ता सबैले फाईदा लिनुहोस् भन्ने हाम्रो मुख्य उदेश्य हो ।

वास्तवमा आज हामी सूचना चुहाएर कम्पनीका संचालक, कर्मचारी र कम्पनी संचालन गर्न मुख्य ओहदामा बसेर ʽभित्री कारोबारʼ गर्नेहरुको क्रियाकलापको चर्चा गर्दैछौं ।

के हो त ʽभित्री कारोबारʼ ?

कम्पनीका अतिभन्दा अति गोप्य सूचनालाई लिएर गरिने कारोबारलाई ʽभित्री कारोबारʼ भनिन्छ । सार्वजनिक नगरिएका सूचनालाई भित्री वा गोप्य सूचना भनिन्छ ।

यस्ता ʽभित्री कारोबारʼमा विशेषगरी कम्पनीका सञ्चालक वा मुख्य ओहदामा बसेका व्यक्ति, कर्मचारीहरुले सबैकामाझ सूचना सार्वजनिक हुनु अगावै कम्पनीको सेयर किनबेच गर्छन् । यसरी सेयर किनबेच गर्नुको उदेश्य कुनै दुःख नगरी सार्वजनिक हुनुभन्दा अगाडि पाएको सूचनाबाट आफैं र आफ्ना नातेदारमार्फत फाईदा लिने कार्य हो ।

यस सन्दर्भमा एउटा सान्दर्भिक उदाहरणको चर्चा गरौं । जस्तो कुनै एक कम्पनीको सञ्चालक समितिले बोनस सेयर वितरण गर्ने निर्णय गर्यो । तर त्यो निर्णय बाहिर सार्वजनिक गरिएको छैन । अब ʽभित्री कारोबारʼमा संलग्न हुनेले वा कम्पनीको संचालक समितिको सूचनालाई आधार मानी निर्णयमा बस्ने र थाहा पाउने व्यक्तिले सूचना सार्वजनिक हुनु अगावै दोस्रो बजारबाट उक्त कम्पनीको सेयर किनेर जम्मा गर्न थाल्छन् । उनीहरुले सकेसम्म बढि संख्यामा सेयरको संग्रह गर्दछन् । जब सार्वजनिकरुपमै बोनस सेयरको सूचना सार्वजनिक हुन्छ । त्यसपछि हुने मूल्य वृद्धिसँगै उनीहरुले त्यो संग्रह गरिएको सेयर बिक्री गरी फाईदा लिन्छन् ।

नेपालको सेयर बजारमा यी र यस्ता पहुँचको प्रयोगका कारणले पनि ठूला अनियमितता हुने गरेका छन् । जसले यस्ता ʽभित्री कारोबारʼबाट लाखौं रकम आफ्नो नाममा बनाउने गरेका छन् । एक हिसाबले भन्ने हो भने यो अख्तियारको दुरुपयोग नै हो ।

कम्पनीका सबै कर्मचारी, संचालक वा मुख्य पद धारण गर्ने व्यक्तिहरु यस्तो कारोबारमा लाग्छन् भन्ने त होईन तर अत्याधिकरुपमा यस्ता कारोबार भईरहेका देखिन्छन् ।

अर्काे जान्नुपर्ने कुरा के पनि हो भने सूचनाको पहुँचमा हुनेले ʽभित्री कारोबारʼ सकेसम्म आफ्नो नाममा गर्दैनन् । नातेदार, साथी वा अन्य व्यक्तिको नाममा यस्ता कारोबार गर्ने गरेका हुन्छन् । यसकारण पनि बजारमा यस प्रकारका कारोबारको पुष्टी हुन निकै गाह्रो छ । जबसम्म सरोकार निकायले गोप्य रुपमा यस्ता कारोबारीको खोजी गरि कारबाही हुँदैन तबसम्म सेयर बजारको कारोबार शुद्ध र सबैका लागि राम्रो हुन्छ भन्न सकिंदैन ।

सबै सेयर लगानीकर्ता र कम्पनीका जिम्मेवार व्यक्तिहरुले बेलैमा यसबारे ध्यान नदिने हो भने सेयर बजारको यस्तो कारोबारले कुनै सयम बजारमा नै एक किसिमको संकट ननिम्तिएला भन्न पनि सकिन्न ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १३:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...