back
NMB ad

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई हङकङ अध्यागमनमा एक घण्टा नियन्त्रमा !

Kumari bank ad

काठमाडौ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हङकङ अध्यागमनले शनिबार एक घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।

चीनको ग्वान्झाओमा सिल्करोड सम्बन्धी सेमिनारमा मन्तव्य दिएर शनिबार नेपाली महावाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न हङकङ छिर्ने क्रममा पत्नी हिसिला यमी र सल्लाहकार विश्वद्वीप पाण्डेसहित भट्टराई हङकङ अध्यागमनको नियन्त्रणमा परेका हुन् ।

ग्वान्झाओबाट रेलमा सेन्झेन हुँदै हङकङ आउन लाग्दा अध्यागमनमा भट्टराईले आफ्नो परिचय नखुलाई पासपोर्ट मात्र देखाउँदा उनलाई केही छिनका लागि नियन्त्रणमा लिइएको खुल्न आएको छ ।
नेपालीहरू अनाधिकृत रुपमा प्रवेश गरेर शरणार्थी दावी गर्दै बस्ने गरेको भन्दै हङकङले हरियो पासपोर्ट बोक्ने नेपालीलाई भिसा दिन समेत कडाई गर्दै आएको छ । भिसा पाएकालाई नियन्त्रणमा लिएर दुःख दिँदै आएको छ ।

हङकङ पुगेलगत्तै नेपाली महावाणिज्य दूताबासको कार्यक्रममा भट्टराईले हरियो पासपोर्ट देखेर आफूलाई अपमान गरिएको बताए । ‘नेपाली हरियो पासपोर्ट अपहेलित भएको पहिले सुन्दै आएको थिए । अहिले म आफैँले अनुभूती गरेँ,’ उनले भने– ‘आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण व्यवहार गरियो ।’ झण्डै एक घण्टा नियन्त्रणमा राखेपछि गल्ती भयो भन्दै माफी मागेर आफूहरूलाई छोडिएको भट्टराईले बताए ।

आफूलाई सरकारले कुटनीतिक पासपोर्ट उपलब्ध गराएको भए पनि त्यो प्रयोग नगरेर हरियो पासपोर्ट मै हिँड्ने गरेको पूर्व प्रधानमन्त्री भट्टराईले बताए ।

उनले यो विषयलाई गम्भिर ढंगले उठाउन महावाणिज्यदूतलाई आग्रह गर्दै आफूले पनि यसलाई गम्भिर ढंगले उठाउने बताए ।

प्रकाशित मितिः २०७३ कार्तिक १३

वि.सं.२०७३ कात्तिक १३ शनिवार १९:४८ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...