back
NMB ad

आयो लघु विद्युत्…

Kumari bank ad

लमजुङ । गोरखा भूकम्पका कारण लघु जलविद्युत् आयोजनामा क्षति पुगेपछि झन्डै १५ महिना अन्धकारमा कटाएका लमजुङका स्थानीयबासिन्दा यतिबेला निकै खुसी देखिएका छन् ।

भूकम्पले भत्काएका आयोजना क्रमशः पुनःनिर्माण तथा मर्मत हुन थालेपछि गाउँ उज्यालो बन्न थालेका छन् । अति भूकम्प प्रभावित गाविसका नागरिकलाई लक्षित गरी युएसएडले आयोजनाको मर्मतका लागि सहयोग गरेपछि पूर्वी लमजुङका गाउँ तिहारसँगै झिलिमिली  बनेका छन् ।

गोरखा भूकम्पका कारण क्षतविक्षत बनेका लमजुङका लघुजलद्यिुत् आयोजनाको यतिबेला धमाधम मर्मत हुन थालेको छ । भूकम्पका कारण अत्यधिक क्षति बनेको पूर्वी लमजुङको कोल्की, इलमपोखरी र पाचोकमा निर्माण भएर अत्यधिक क्षति पुगेका लघुजलविद्युत् आयोजनाको पुनःनिर्माण सुरु गरिएको हो ।

पूर्वी लमजुङको कोल्कीस्थित क्रि र चिल्ली खोला लघु जलविद्युत् आयोजना यतिबेला मर्मत भइरहेका छन् । युएसएडको आर्थिक सहयोगमा साझेदारी विकास परियोजनाबाट रु १० लाख र स्थानीयको रु ५० हजारमा भत्किएका लघुजलविद्युत् आयोजनाको पुनःनिर्माण गरिएको हो ।

राष्ट्रिय प्रसारण लाइन नपुगेको कोल्कीमा लघुजलविद्युत् आयोजनाबाटै स्थानीयले विद्युत्को उपयोग गर्दै आएका थिए । कोल्की–५, क्रिखोला र कोल्की–४ को चिल्लीखोला लघुजलविद्युत् आयोजनाबाट कोल्कीका १४८ घरपरिवार लाभान्वित हुँदै आएका थिए ।

त्यसैगरी इलमपोखरीका पाँच वटा लघुजलविद्युत् आयोजनामा पनि मर्मतको काम भइरहेको छ । त्यहाँका पाँच आयोजनामध्ये केहीमा मर्मत सकाएर बिजुली बाल्न थालिएको छ भने केही आयोजनामा मर्मतको कार्य भइरहेको छ । इलमपोखरी–६, मा रहेको छहरे खोला लघुजलविद्युत् आयोजनामा फलामे पोल गाडिएको छ । भत्किएको पावरहाउस पुनःनिर्माणपश्चात गाउँका ८५ घरधुरीले भूकम्प गएको १५ महिना पछि बिजुली बत्ती बाल्न थालेका छन् । गाउँमा बत्ती बल्न थालेपछि स्थानीय उत्साहित छन् ।

इलमपोखरी–४ सानोकाभ्रेमा रहेको दोस्रो पैंसे खोला लघुजलविद्युत् आयोजनामा पावर हाउस मर्मतको काम भइरहेको आयोजनाका अध्यक्ष गोपीराम गुरुङले जानकारी  दिएका छन् । सो आयोजनाबाट ११५ घरधुरी लाभान्वित हुँदै आएका छन् । यसैगरी इलमपोखरी–३, ठूलोकाभ्रेमा रहेको पहिलो पैंसे खोला लघुजलविद्युत् आयोजानमा मर्मत भइरहेको छ । पानीको मुहानमा धाँजा फाट्नुका साथै पहिरो गएर भत्किएपछि विद्युत् अवरुद्ध भए पनि मर्मतसँगै सूचारु भएको छ । इलमपोखरी–२, फुलङ्गीरीमा रहेको लाँखरखोला लघुजलविद्युत् आयोजनामा भत्किएको पावरहाउसको मर्मत भइरहेको छ । यो आयोजनाबाट गाउँका ९४ जना घरधुरी लाभान्वित हुँदै आएका छन् ।

झन्डै १५ महिनासम्म अँध्यारोमा बसेका स्थानीय विजया दशमी र दीपावली उज्यालोमा मनाउन पाएकोमा भने निकै खुसी देखिएका छन् ।

प्रकाशित मितिः २०७३ कार्तिक १५

वि.सं.२०७३ कात्तिक १५ सोमवार १२:२२ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...